समय : ०५:५६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको पाथीभरा धाम क्षेत्रमा यस वर्षको पहिलो पटक सामान्य हिमपात,

सेवालुङ खवर | मंसिर ७ गते २०८१

ताप्लेजुङ/ताप्लेजुङको पवित्र स्थल पाथीभरा धाम क्षेत्रमा यस वर्षको पहिलो पटक सामान्य हिमपात भएसगै चिसो बढिरहेको छ । चिसो बढेसगैं यस क्षेत्रमा बिहिबार बिहानैदेखि हल्का हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । हिउँ परेसगैं मौसम ज्यादै चिसो बनेको छ । हिउँ परे लगतै चिसो बढे पनि हिमपातको दृश्यले पर्यटक र तीर्थ यात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनु भएको छ । पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिने स्थान भएकाले हिउँ परेको समयमा यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने सो मन्दिर क्षेत्रमा हिमपातका कारण यातायातमा समस्या नआए पनि चिसोबाट जोगिन तीर्थ यात्रीले सतर्कता अपनाउनुपर्ने पाथीभरा क्षेत्र विकास समितिले बताएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्