समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको पाथीभरा केवलकार निर्माणका विषयमा दुई पक्षबीच झडप,

सेवालुङ खवर | कार्तिक २३ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका विषयमा शुक्रबार दुई पक्षबीच केहीबेर ढुङ्गा हाना हान भएको छ।
केवलकार निर्माणको लागि सिल्यानास गर्न लगिएको एक्स्काभेटरलाई केवलकार निर्माणका विरुद्धमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति र्सिजना भएको हो ।उक्त स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो।त्यसपछि केवलकार निर्माणका पक्ष र विपक्षबीच ढुङ्गा हानाहान भएको हो ।उक्त झडपलाई नियन्त्रणका क्रममा कम्तीमा चारजना घाइते भएको खबर प्राप्त भएको छ। घाइते हुनेमा केवलकार निर्माण विरुद्धका अगुवाई गर्ने मध्य एक चन्द्र मादेन ,मनकुमार लिम्बु र अन्य दुईजना रहेका छन्।मादेनको टाउकोमा चोट लागेको छ । उहाँलाई प्रहरीको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ।त्यस्तै कुमको छेउमा खुकुरी प्रहार भई घाइते भएका लिम्बुलाई पनि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको बताइएको छ।अन्य दुई जनाको बारेमा भने थप जानकारी आउन बाँकी रहेको छ।करिब ७ मिनेट दोहोरो ढुङ्गा हानाहान भएको थियो। अहिले भने काफ्ले पार्टीको स्थिति सामान्य भएको बताइएको छ । साभार:रेडियो ताप्लेजुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्