समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा अरीङ्गालको टोकाईबाट एक महिला घाइते

सेवालुङ खवर | कार्तिक १७ गते २०८१

ताप्लेजुङ फुङलिङ नगरपालिका–२ का ४१ वर्षीय निङ्गा लाकीशेर्पा अरीङ्गालको टोकाईबाट घाइते भएका छन् । शुक्रबार बिहान घरनजिकै घास काट्ने क्रममा अरीङ्गालको टोकाइबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरी कार्यालय ताप्लेजुङका स्रोत अनुसार शुक्रबार बिहान घरनजिकै अचानक घाँस काट्ने क्रममा अरीङ्गालको टोकाइबाट घाइते भएका हुन् । घाइते शेर्पा जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकोे छ । अस्पतालका स्रोत अनुसार उहाँको टाउको र दायाँ हातमा घाईते भई सुन्निएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्