समय : ०३:५० pm | सोमबार , भाद्र २९ गते २०८३

ताप्लेजुङको दोभान बजारमा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने

सेवालुङ खवर | मंसिर १२ गते २०८१

ताप्लेजुङको दोभान बजारमा आगामी मङ्सिर २० र २१ गते दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। डिचेन डोङला आखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ ,सेवा फाउन्डेसन काठमाडौँ र मेरिङ्देन गाउँपालिका ताप्लेजुङको संयुक्त आयोजनामा उक्त शिविर हुन लागेको हो। विराटनगर आँखा अस्पतालका डाक्टरद्वारा आँखाको निःशुल्क अपरेसन सहितको सेवा प्रवाह हुने बताइएको छ ।शिविर संचालन गर्न रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग रहने बताईएकोछ । शिविरमा नाम दर्ता र औषधिको व्यावस्था निःशुल्क गरिएको छ । ४० वर्षभन्दा माथिका बिरामीहरूलाई पढ्नको लागि पढ्ने चस्मा निःशुल्क रहेको आयोजकले जनाएको छ । सल्यक्रिया भएका बिरामीहरुलाई निःशुल्क खान बस्नको व्यवस्था समेत गरिएको आयोजकले जनाएकोछ । साभार: मदन गौतम,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्