समय : ०२:५६ pm | आइतबार , भाद्र २८ गते २०८३

परम्परागत रैथानै बाली प्रवद्र्धन र कोदोको महत्व

सेवालुङ खवर | श्रावण १३ गते २०८१

पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । नेपालमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदा ेखेती विस्तारै घट्दै गएपछि नेपालमा कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियानहरु चलाएकाछन् । नेपालमा किसानले खेती लगाएपछी मात्र कोदो थन्काउने गरेका छन् । पछिल्लो समय भने कोदोको परिचय बदलिएको देखिन्छ । गाउँघरको मुख्य खानाको परिकारका रुपमा पनी मानिन्छ । त्यसैले कोदो पछिल्लो समयमा सहरको आकर्षक खानाको परिकारमा परेको देखिन्छ । अहिले गाउँघरमा भन्दा सहरका रेष्टुराँ र होटलमा कोदोको परिकारको स्वादिष्ट खाना पाक्ने गरेको छ ।निकै झन्झटिलो बालीका रुपमा रहेको कोदोको महत्व पछिल्लो समयमा बढ्दै गएको पाइन्छ । कुनै दिन गरिब घरको खानाको रुपमा चिनिएको कोदोको ढिडो अहिले पनी ठूला–ठूला होटल र घरबासमा समेत रुचाइएको परिकारहरु खानामा बनेको पाईन्छ ।आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकार प्रति कृषक,नागरिक जागरुक देखिन थालेका छन् । कोदोको परिकारको फाइदाका समेत प्रसस्त भएका कारण पछिल्लो समय खरिद गरेरै भए पनि कोदोको ढिडो, रोटी,लगायतका भिविन्न परिकारका खाना बनाएर खाने गरिएको छ । गाउ,ँघरबासिले कोदोको सेल रोटी,ढिँडो,लाई प्रमुख आकर्षक खानाका रुपमा प्रस्तुत गरिरहेका छन् । ठूला–ठूला होटल र होम–स्टेको आकर्षण समेत कोदोको परिकार बन्न थालेको छ । पछिल्लो समय होटल, रेष्टुराँ र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गए पछि कोदोको खेतीमा पुनः वृद्धि हुन थालेको छ । सामुदायिक घरबास, जैमिनीको मरुनी घरबास र अतिथि सत्कार घरबासमा कोदोको सेलरोटीहरु आकर्षक परिकार मध्ये पर्दै आएको पाईन्छ ।“चिसो याममा कोदोको ढिडाको खाना निकै रुचाइएको परिकार मध्ये पर्दछ, । लोकल कुखुराको मासुसँग ढिडो खाने धेरै हुन्छन् ।“पाहुनाहरुले ढिडो रुचाउन थालेपछि घरको कोदोले नपुगे खरिद गरेरसमेत ल्याइन्छ, । पहिला चामलको भात नै बढी रुचाइएको थियो पछिल्लो समय स्वास्थ्यका लागिसमेत कोदोले फाइदा पु¥याउने भएपछि कोदोको महत्व बढ्न थालेको छ ।”पहाडी जिल्लाको रुपमा रहेको पूर्वी क्षेत्रमा सिँचाइ सुविधा नभएका अधिकांश स्थानमा कोदो खेती गरिन्छ । तर, विस्तारै कोदोको महत्व बढ्दै गएपछि किसानले समेत महत्वका साथ खेती गर्दै आएकाछन् । प्रयजसो पहाडी क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ ।“पहिला गरिबले कोदोको परिकार खाने, धनीले चामलको खाना खाने प्रचलन थियो तर अहिले ठीक उल्टो भएको छ, चामल सहज भयो, ढिडो कोदोको परिकार दुर्लभ” भएको खेती गर्ने किसानहरु बताउछन,।“कोदोको महत्व बढे पनि ज्यालादारीमा काम गर्ने जनशक्ति नभएकाले दुई वर्षदेखि विद्युतीय उपकरणको सहायताले कोदो चुट्दै आएको छ । छिस्तीमा कोदो राम्रो हुन्छ, अहिले होटल तथा रेष्टुराँमा कोदोको परिकार पाक्छ भन्ने सुन्दा अचम्म लाग्दछ ।”जिल्लामा धान बालीलाई प्रमुख खेतीको रुपमा मान्दै आए पनि नेपालमा भने कोदो खेती महत्वपूर्ण अन्न बालीका रुपमा रहेको छ । कृषि ज्ञान केन्द्र ले रैथाने बाली कोदो संरक्षण र प्रवद्र्धन गर्न थालेकाले कोदो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको बताएका छन् । यस्तै ग्रामीण पोषण कार्यक्रम अन्तर्गत मुख्यतः कोदो बालीलाई नै विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले कोदो उत्पादन गर्ने किसानहरुलाई यान्त्रीकरणमा समेत सहयोग गर्दै आइरहेको ज्ञान केन्द्रको भनाई छ । कोदो, फापर र सिस्नोमा आइरल, मिनिरल बढी पाइने भएकाले ग्रामीण पोषण सुधार कार्यक्रम अन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको ज्ञान केन्द्रको भनाई छ । जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनमा कोदो खेती गरिने भए पनि पछिल्लो समय केही जग्गा बाँझो राखिँदै आइएको छ । रैथानै बाली प्रवद्र्धन र कोदोको महत्व बढ्दै जाँदा क्रमशः बाँझो जग्गामा समेत कोदो खेती विस्तारमा सहयोग पुग्ने कृषि ज्ञान केन्द्रको भनाइ छ । पछिल्लो समय कोदोको माग सहर बजारमा समेत हुँदा कोदो किसानसमेत उत्साहित भएका छन् । हाइब्रिड धान, गहुँ, मकै भित्र्याउने किसनाले कोदो भने परम्परागत बीउ लगाउने गरेका छन् तर कृषि ज्ञान केन्द्र कार्यालयले कोदोको बढी उब्जनी हुने बीउ वितरण गर्दै आएको छ । अहिले राम्रो कोदो उत्पादन हुने क्षेत्रका किसानलाई नगद अनुदानमा कोदोको बीउ, तरकारी, र फलफूलका बीउ दिने कृषि ज्ञान केन्द्रको योजना बर्सेनि वृद्धि हँुदै गइरहेको छ ।

तस्विर :- सामाजिक संजाल बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्