ताप्लेजुङ २०८३ भदौ १५ गते । राष्ट्रिय कृषक समुह महासंघ जिल्ला समन्वय समिति र नगर समिति ताप्लेजुङले कृषिजन्य उत्पादन मुल्य निधारण गरेको छ । राष्ट्रिय कृषक समुह महासंघका आयोजनामा जिल्ला वासि आम कृषक हरुका लागि सुचना उल्लेख गर्दै ताप्लेजुङ जिल्लको मुख्य बाजार आसपासका बजारहरुमा विक्रि वितरणका लागी कृषिजन्य उत्पादनहरू फरक–फरक मुल्यमा विक्रि वितरण हुने र लागत मुल्यका आधारमा कृषक हरुले आफ्नो श्रमको मुल्य नपाउने भई जिल्लामै पर निर्भर हुने अवस्था र सृजनाहुने भएकोले राष्ट्रिय कृषक समुह महासंघ जिल्ला ताप्लेजुङले उल्लेख गराएको हो । समन्वय समिति र नगर समिति ताप्लेजुङले निम्न अनुसार मुल्य निधारण गरी सबैको जानकारीको लागि सुचित गराएको छ । तपशिल किसानले पाउनु पर्ने दर रेट, १, मासु– क, खसिको मासु जिउँदो प्रति के.जि रु ७००/– (ख), भेडाको मासु जिउँदो प्रति के.जि रु ८००/–(ग) बोकाको मासु जिउँदो प्रति के.जि रु ७००/–(घ) पाठिको जिउँदो प्रति के.जि रु,६००/– (ङ) बङ्गुर मासु जिउँदो प्रति के.जि रु ५००/–(च) राँगाको मासु मासु जिउँदो प्रति के.जि रु ५००/– (छ) ब्रोइलर कुखुरा मासु जिउँदो प्रति के.जि रु ५००/– (ज),गिरिराज कुखुराको मासु जिउँदो प्रति के.जि रु ७००/– (झ) लोकल मासु जिउँदो प्रति के.जि रु ८५०/–(२) दुध (क) सुद्द भैंसिको दुध प्र. लि. रु १२०÷ (ख) गाईको दुध प्र. लि. रु १००÷(३), धान (क) मसिनो धान प्रति पाथि रु ३००/– (ख)खस्रो धान प्रती पाथि. रु २५०/– (ग) मकै प्रति पाथि रु २५०/–(५) कोदो प्रति पाथि रु ३००/– (छ)आलु प्रति के.जि . A ग्रेडको रु १००/– उक्त निर्णय गरेको २०८३/०५/२३ गते देखी लागू हुने गरी राष्ट्रिय कृषक समुह महासंघ जिल्ला ताप्लेजुङले जनाएको छ ।










