समय : ११:४५ am | शनिबार , भाद्र २७ गते २०८३

स्वाबलम्बी,कविता,

सेवालुङ खवर | जेठ २३ गते २०८१

स्वाबलम्बी
कविता,

म अल्लोको धागोमा लहरी रहेछु
साहसको बसन्तमा टुसाई रहेछु
र आप्नै काँधमा झाँगिन चाहान्छु
हरपल अर्थको हुरीले लडाई रहन्छ

हरेक क्षण अभावको असिनाले चुटि रहन्छ
सर्प झैं आफु भित्रको छालले
बेर्न चाहान्छु समयलाई
घेर्न चाहान्छु वैशाखीलाई

मैले घेर्न चाहेको बैशाखीमा
उर्जा दक्षताको
बिम्ब उभियोस थाङ्ग्रा बनेर
हर थाङ्ग्राको सहाराले

भुई कुहिरो झें झाँगिन सक्छु
कुईटोको अतर छरेर
झन् घरेलु कार्यालयको
गमला पाए बणिज्यको मलजल पाए र

नगरपालिकाकोे गोडमेल पाए
झनै झाँगिन सक्छु
थाङ्ग्राको हाँगा हागामा चढेर
भाङ्ग्राको भाङग्रा फुलीदिन्छु

कपासको कपास फुलिदिन्छु
आफु लाई बहारले छर्केर
बाँकी बसन्त बेची दिन्छु र
महासागर जमाउछु
सिक्काको नदिहरुबाट
खुशि पार्छू बुद्ध हासउछु सगरमाथा र
फहराउँछु भाङग्रा र खाँडीको झण्डा,

सीता पिरती
फु।न।पा ९ हाङदेवा ताप्लेजुङ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्