समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

जिल्ला अस्पताल ताप्लेजुङमा झण्डै ४ सय जनाको शल्यक्रिया

सेवालुङ खवर | वैशाख ६ गते २०८३

जिल्ला अस्पताल ताप्लेजुङमा एक वर्षको अवधिमा ३ सय ९३ जनाको जनाको शल्यक्रिया गरिएको छ । करिब एक वर्ष अघि गर्भवतीको मात्र शल्यक्रिया हुँदै आएको जिल्ला अस्पतालमा गत २०८१ सालको फागुनबाट जटिल प्रकारका शल्याक्रिया गर्न सुरु गरिएको हो । अस्पतालका अनुसार उपचारका लागि आएका व्यक्तिमध्ये मेजर १ सय ६५, मध्यम खालका १ सय १८ र सामान्य १ सय १० जनाको शल्यक्रिया भएको छ । मेजर अपरेसनमा एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, मल्टिपल इन्जुरी जस्ता शल्याक्रिया भएका छन् । यसअघि यस्ता शल्यक्रिया गर्न यहाँबाट झापा, मोरङ, सुनसरी लगायतका सुविधा सम्पन्न अस्पतालमा रेफर भएर जानुपर्ने जिल्लाबासीलाई बाध्यता रहेको थियो । अहिले जिल्लामै शल्याक्रियाको सुविधा पाउँदा अर्थको मात्र होइन समयको समेत बचत भएको छ ।-विक्रम लामगादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्