समय : ११:२८ pm | शुक्रबार , वैशाख ४ गते २०८३

फुङ्लिङका सैलुन सञ्चालक रबिन: मासिक ५० देखि ५५ हजार रुपैयाँ, सम्म आम्दानी गर्छन्,

सेवालुङ खवर | फागुन १९ गते २०८१

ताप्लेजुङ / अरुको कपाल काट्नु पनि व्यवसाय हो र ? कपाल काटेर सैलुन खोलेर कति कमाइन्छ र ? धेरै जनाको प्रश्न तथा जिज्ञासा यही हुने गरेको छ । तर धेरै व्यक्तिहरू कपाल काट्ने व्यवसायबाट नै जिविकोपार्जन मात्रै होेइन मनग्य आम्दानी समेत गरिरहेको छन् । रबिन ठाकुर ताप्लेजुङका बासिन्दा होइनन्, तर उनी करिब १३ बर्षबाट ताप्लेजुङको तोक्मेडाँडामा ’रबिन हेयरकटिङ सैलुन’ सञ्चालन गरेर उक्त पेशामा आबद्ध छन् । हुनत रबिन मात्र होइन सैलुन सञ्चालन गर्ने अधिकांश तराई मधेशका जिल्लाका छन् । सिराहा, सप्तरी, धनुषा लगायतका जिल्लाबाट ताप्लेजुङ आएर सैलुन सञ्चालन तथा व्यापार,व्यवसाय गर्दै आएका छन् । आदिवासी जनजातिको बाहुल्य रहेको यस जिल्लामा सैलुन सञ्चालक १ देखि २ जना मात्र जिल्लाका स्थानीय बासिन्दा रहेका छन् । रबिन सैलुन व्यवसायबाट सन्तुष्ट छन् । कम लागत, थोरै जनशक्ति लगायतको कारणले समेत रबिन यस व्यवसाय प्रति सन्तुष्ट व्यक्त गर्छन् । रोचक कुरा त रबिन सैलुन सञ्चालन गरेरै मासिक ५० देखि ५५ हजार रुपैयाँ सम्म आम्दानी गर्छन् । ‘मासिक सबै खर्च कटाएर ४० हजार जति हुन्छ, जसमा ५०–५५ त हुन्छ नै, ‘अब कहिले त मानिसको चाप कम हुन्छ, तथापि सैलुनबाट निराश हुने अवस्था छैन ।, रबिन ताप्लेजुङमा बजारको अवस्था र ग्राहकको चाप तथा नागरिकको प्रतिक्रिया समेत सकरात्मक पाउँछन् । उनी स्थानीय सरकारले सैलुन व्यवसायका लागि समय समयमा तालिम, औजार उपकरण खरिदमा सहयोगको अपेक्षा गर्छन् । रबिन जुनसुकै पेशा, व्यवसाय गर्न लाज मान्नु हुन्न भन्नेमा दृढ छन् । उनी आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने सुझाब समेत दिन्छन् । नाइ संघ ताप्लेजुङले कपाल, दाह्री काटेको मुल्य सुची निर्धारण गर्ने गरेको छ । सोही अनुरुप प्रत्येक सैलुनमा कपाल तथा दाह्री काट्ने मुल्यमा एकरुपता छ । नाइ संघ जिल्ला अध्यक्ष महाविर ठाकुर संघले तोकेको मूल्य भन्दा बढी वा कम गरेमा ५ हजार ५५ जरिवान तिर्नुपर्ने नियम लागु भएको बताउनुहुन्छ । हाल ताप्लेजुङमा कपाल कटेको र रेजर गरेको १५० रुपैयाँ निर्धारण गरिएको छ भने बिभिन्न डिजाइनको कपाल काटे वा रङको प्रयोग गरेमा सो रकम भन्दा माथि छ । उक्त दररेट २०८० भाद्र १ गतेबाट लागु भएको हो । रबिनको भनाई अनुसार सैलुन संग सम्बन्धित तालिम स्थानीय सरकारले उपलब्ध गराएमा धेरै व्यक्ति उक्त पेशा प्रति आकर्षित हुने नागरिकको बुझाई छ । साभार : बिक्रम लामगाधे बाट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्