समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

याक्थुङ सिरिजङ्गा लिपिकाे युनिकाेड तयार ,

सेवालुङ खवर | मंसिर २७ गते २०८१

विजयपुर / याक्थुङ भाषा र सिरिजङ्गा लिपिकाे प्रयोगलाई प्रविधिमैत्री बनाउने उद्देश्यले याक्थुङ सिरिजङ्गा लिपिकाे युनिकोड सार्वजनिक भएको छ । युमा साम्याे महासभा नेपालकाे अगुवाइमा युनिकोड तयार भएको हाे ।याक्थुङ सिरिजङ्गा युनिकोडका विकासकर्ता विरान इजम लिम्बु ।कम्प्युटर इञ्जिनियर विरान इजम लिम्बु नेतृत्वको टिमले निर्माण गरेको युनिकाेड महासभाका अध्यक्ष देवेन्द्र वनेमले एक कार्यक्रमबीच गत नाेभेम्बर पहिलो साता सार्वजनिक गरेका थिए । उनले युनिकोडले सबै याक्थुङ भाषा र लिपिप्रेमी लाभान्वित हुने विश्वास व्यक्त गरे । सन् २००३ मा माइकल इभेन्सले युनिकोड भर्सन ४.० अन्तर्गत सिरिजङ्गा लिपिलाई लिम्बु लिपिका रूपमा दर्ता गरेका थिए ।युनिकाेड तयार भएपछि सरल, सहज रूपमा चलाउन प्रयोगकर्ताहरूलाई सुविधा हुनेछ । गत नाेभेम्बर ६ तारिखमा सार्वजनिक भएपछि याक्थुङ सिरिजङ्गा युनिकोड विधिवत रुपमा शुरु भएकाे युनिकोड निर्माणकर्ता विरेन इजमले जनाए । ‘अब याक्थुङ भाषी र सिरिजङ्गा लिपि प्रयाेगकर्तालाई सहज हुने गरी युनिकाेड निर्माण भएको छ,’ उनले भने । पछिल्लो युनिकाेड पुरानो वर्णमाला (९ स्वर वर्ण, २४ व्यञ्जन वर्ण, ३ संयुक्ताक्षर, ८ आधा अक्षर) कै अनुसार तयार भएको इजमले बताए ।युनिकोड प्रयाेग गर्न ल्यापटप प्रयाेगकर्ताहरूले युमा साम्याेकाे ब्लगस्पटमा गएर डाउनलाेड गर्ने सुविधा भएको महासभाका महासचिव डा. रमेश इजमले जनाए ।झापाकाे ब्याङ डाँडामा रहेको सिरिजङ्गाकाे शालिक ।लिम्बुवानकाे याङ्वरक थुमकाे सिनाम-तेल्लकमा जन्मिएका सिरिजङ्गा सिं थेबेले निर्माण र प्रयाेगमा अतुलनीय याेगदान दिँदै भाषा र लिपिकै लागि सहादत प्राप्त गरेकोले उनकाे सम्मानमा सिरिजङ्गा लिपि नाम राखिएको अभियन्ताहरूले जनाएका छन् । कतिपय ठाउँमा यस लिपिलाई लिम्बु लिपि, याक्थुङ लिपि भनेर पनि चिनिएको छ । साभारः नेपालीसमाचार.com

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्