काठमाण्डौं/ मङ्सिर ८ शनिवार, – चन्द्र मादेन आन्छन मनोहरा साहित्य समाजको ९५ औं शृङ्खला स्थानीय पेप्सीकोला स्थित ग्लोबल पब्लिक स्कुल टाउन प्लानिङको सभाहलमा सम्पन्न भएको छ। डिल्लीराज अर्यालको अध्यक्षता, वरिष्ठ साहित्यकार आर सी रिजालको प्रमुख आमन्त्रितत्वमा र संस्थाका सचिव भावककेशर बरालको सहजीकरणमा सञ्चालित यो नियमित कार्यक्रममा निम्नानुसार स्रष्टाहरूको सहभागिता रहेको थियो ।२५ जना सृजना वाचन गर्नुहुने कविहरुमा सभापति डिल्लीराज अर्यालले–स्वागत मन्तव्य र कविता“ बाघहरू जब बूढा हुन्छन् “ – मातृक छन्दमा सहित सञ्जय सोतीको मुक्त कविता“ गङ्गा पौडेल कर्माचार्यप्रति“, अर्पण अर्यालको (बाल प्रतिभा) कविता“ मुसो र मुसी“ वासुदेव पौडेलको –मुक्त कविता “मान्छे के हो ?“ शार्दूलविक्रीडितमा, नूरदेव खनालको– मुक्त कविता “ परनिर्भर बनाइएको देश, ओमप्रसाद आचार्यको –मुक्त कविता “कविताको डबलीमा“, रत्ननिधि रेग्मीको –कविता“परिवेदना मालिनीमा, शारदा पराजुलीको – कविता“ चित्रकारी“, परशुराम पराशरको – “ विविधता “ उपजातिमा, दीनानाथ पोखरेलको– “मेरो कर्तव्य “ तोटकमा, सूर्यप्रसाद डुम्रेको –मुक्त कविता “गरिबको व्यथा“, भालचन्द्र भण्डारीको –मुक्त कविता“ सुमधुर क्षण चियासित“ चम्पू काव्यभित्रबाट अनुष्टुप् छन्दको कविता,छविलाल अधिकारीको –मुक्त कविता “सम्झनाले मन छुँदा“ लोकलय,गणेशराज अधिकारीको –मुक्त कविता“ नागरिक बाकस“, अशोककुमार लामिछानेको –मुक्त कविता“को राम्रो को नराम्रो “ अनुष्टुप्मा, च्यवन बस्नेत ठुलाघरेको–गजल–उमेर सकियो जवानी सकियो ….,विजया बस्नेतको– गजल– कसैको भागमा बादल पर्छ कसैका भागमा जून पर्छ..सुन,हुन,रुन,छुन काफियाहरूमा,लीलाराज दाहालको–गजल स्वाभिमानी गालाभरि अनुदानको डाम थियोे… ,काम ,खाम, लगाम,नाम काफियाहरूमा, अनन्तकुमार बस्नेतको– कविता“ अलौकिक हिमालय“ वसन्ततिलकामा, कृष्णप्रसाद पौडेलको – कविता“भन्ने जमाना गयो“ शार्दूलविक्रीडितको सिलोके लयमा, राजेन्द्रकुमार बर्तौलाको– कविता “ पर्खिबस तिमी “, भावकेशर बराल– कविता“बुद्ध र आगो “,एम के पराशर– चिठीशैलीमा कविता “ माफ गरिदेऊ“,आर सी रिजालको– मिठो मन्तव्य र “ छोरीलाई अर्ती“ सिलोके लयमा, खोलाघरे साहिँलोको – वाचित रचनाहरूको सङ्क्षिप्त टिप्पणी र कविता“ कविता नफुरेकामा“ मालिनीमा, चिरञ्जीवी रेग्मीको – सभ्य श्रोता प्रस्तुत गर्नुभएको थियो । स्मरण रहोस – मनोहरा साहित्य समाजले सुरुवात देखिनै निरन्तर शृङ्खलावद्व प्रत्येक महिनाको दोश्रो शनिवार सृजना वाचन गर्दै आईरहेको छ भने , यहांको विशेषता सृजना वाचन गर्ने कविहरु अधिकांश वौद्धिक व्यक्तित्व, जेष्ठ नागरिक हुनुहुन्छ । फोटो तस्विर चन्द्र मादेन आन्छन,


फोटो: तस्विर चन्द्र मादेन आन्छन,








