ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रमा पशुपालक किसानहरुलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरेको छ । गोठ व्यवस्थापन वन्यजन्तुमैत्री वातावरण बनाउन, र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएको हो । हर्कटे रेडपाण्डाको बासस्थान भएकाले त्यहाँका रेडपाण्डालाई राति अन्य जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले सोलार प्यानल वितरण गरिएको हो । लामो समयदेखि गोठमा अन्धकारमा बसेका पशुपालक किसान सोलार प्यानल पाएपछि उत्साहित भएको बताए । “६५ वर्षसम्म अन्धकारमा बसेर समय बितायौँ, आज उज्यालोमा बस्न पाउँदा अत्यन्तै खुसी लागेको पशुपालक किसानहरुले बताएका छन् । शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई रु. १३ हजार बराबरका ११ वटा सोलार प्यानल प्रदान गराएको हिमाली संरक्षण मञ्चका संयोजक रमेश राईले बताउनु भएको छ ।
पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण








