समय : १०:०१ pm | शुक्रबार , वैशाख ४ गते २०८३

कार्तिकमा ६१ हजार बढीले पाथीभराको दर्शन गर्दा ३७ लाख ४४ हजार बढि भेटी सङ्कलन

सेवालुङ खवर | मंसिर ३ गते २०८१

ताप्लेजुङ ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा कार्तिक महिनामा ६१ हजार १ सय ७३ जना दर्शनार्थीले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले प्रसिद्ध तीर्थस्थल पाथीभरामा गत कात्तिकमा सङ्कलन भएको भेटी सार्वजनिक गरेको छ। कार्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँको भेटी तथा दान सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । नवरात्र सुरु हुन लाग्दा अविरल वर्षापछिको बाढी र पहिरोले मेचिराजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा पाथीभराको दर्शन गर्ने मुख्य सिजनमा मन्दिर सुनसान बनेको थियो ।तर मेचिराजमार्ग र तमोर करिडोर दुबै सञ्चालनमा आएपछि दर्शनार्थीको घुँईचो लागेको समितीका कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो । साभार वेलकम खबर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्