समय : ०१:२६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा ५ हजार ९ सय भक्तजनले दर्शन गरे,

सेवालुङ खवर | कार्तिक ३ गते २०८१

ताप्लेजुङ-ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २०८१ कार्तिक ३,मा ५ हजार ९ सय ८३ जना भक्तजनले दर्शन गरेका छन् । यो असोज महिनाको तुलनामा सबैभन्दा बढी हो । पछिल्लो केही दिनयता तीर्थयात्रीको सङ्ख्या वृद्धि हुन थालेसँगै शनिबार उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले जानकारी दिनुभयो ।दसैँको नवरात्रिको समयमा एकैदिन १५ हजार जनासम्म भक्तजनले पाथीभरा दर्शन गर्ने गरेकामा यसवर्ष सडक अवरुद्ध भएका कारण बाधक भएको पुर्कुटीले बताउनुभएको छ । उहाँका अनुसार हिजो शुक्रबार ७ सय ९८ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । गत असोज १२ गतेदेखि अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग सञ्चालनमा आएसंगै तीर्थयात्रीको आगमनमा वृद्धि हुँदै गएको र निरन्तर तीर्थयात्रीको संख्यामा वृद्धि हुने क्रममा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । यसैबिच पाथीभरा क्षेत्र विकास समितिको अगुवाइमा बिहीबार पाथीभरा मन्दिर परिसरमा पञ्चबलीसहित विशेष पूजा समेत गरिएको छ । असोज शुक्ल पूर्णिमाको अवसर पारेर पञ्चबलीसहित पूजा आराधना गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । भेडा, बोका, हाँस, कुखुरा र परेवाको बली चढाएर पूजा गरिएको हो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्