ताप्लेजुङ/ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा यस वर्षको असोज यताकै कुल १हजार ४ सय ९५ जना दर्शनाथी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका जानकारी अनुसार २०८१अशोज २९ गते मंगलबार कुल १ हजार ४ सय ९५ जना दर्शनार्थी दर्शनार्थी मन्दिर पुगेका क्षेत्र विकास समितिले बताएको छ । गत असोज महिनाको अभिरल वर्षाका कारण बाह्य जिल्लासँग ताप्लेजुङको मुख्य सडक सम्पर्क मेची राजमार्ग र तमोर करिडोर ठाउँ ठाउँमा क्षति ग्रस्त भएपछि मुख्य सिजन अर्थात् नौरथामा नै भक्तजन हरूको उपस्थिति न्यून रहेको थियो । क्षतिग्रस्त सडकहरू पुनर्निर्माण भई यातायात सहज भएसँगै दर्शनार्थीको सङ्ख्या क्रमिक रूपमा बढेको हो । यस अघि सोमबार कुल ४२७ जना दर्शनार्थी मन्दिर पुगेका थिए । यतायातको सहजता सँगै दर्शनार्थीको संख्या अझै वृद्धी हुने क्षेत्र विकास समितिले जनाएको छ ।
कुल१,हजार ४ सय ९५ जना दर्शनाथी पुगे,








