समय : ०१:३८ pm | शनिबार , भाद्र २७ गते २०८३

दशैं साहित्य लुङ्माहिम माइला (कथा),

सेवालुङ खवर | असाेज २७ गते २०८१

देवेन्द्र खापुङ/ माइला आफ्ना कुरा सटीक पारामा लेख्न सिपालु थियो। फेसबूकमा उसका बान्की परेका स्टेटस आउँदा कहिलेकाहीं शान्तिला प्रतिक्रिया लेख्थिन्– ‘मेरो पुरानो माइला सोल्टीको याद दिलाउनुभयो नि, आदाङ्बे।’देवेन्द्र खापुङ साथीहरू एअरपोर्ट छिरिसकेछन्। माइला हतार हतार बोर्डिङ पास लिएर इमिग्रेशन पुग्यो। एनआरएनले पाउने सुविधाको गेट अलि खुकुलै थियो। देखेर फिस्स हाँस्यो अनि लाइनमा उभियो।इमिग्रेशनले भिसा अवधि र श्रम इजाजत ध्यानपूर्वक हे¥यो अनि कतार जाने डिपार्चर स्ट्याम्प लगाइदियो। बेल्ट, वालेट, मोबाइल फोन, ह्यान्डब्यागको सुरक्षा जाँच गराएर माइला अगाडि बढ्यो।यात्रु प्रतीक्षालयमा खचाखच भीड थियो। अघि नै पसेका साथीहरू अगाडि रहेछन्। त्यता ठाउँ नभएको बुझेपछि छेउतिरको बेन्चमा बस्यो माइला। लगाएको कपडा र बेल्ट मिलायो अनि मोबाइलमा फ्री वाईफाई जोडेर फेसबूक हेर्न थाल्यो। माइला मोबाइलमा मग्न थियो। एउटी महिला लगेज लिएर उसको छेउमा आइन् र छेउको बेन्चमा निश्चिन्त भएर बसिन्। “आबुई! माइला सोल्टी होइन?”एकोहोरिएको माइलाले झस्किंदै महिलातर्फ हे¥यो अनि आफ्नो ह्यान्डब्याग टिपेर कुलेलम ठोक्यो। “यो सोल्टी त सुध्रेनछ।” भीडको बीचमा माइलाले यति सुन्यो। माइलाले पर गएर चियायो। महिला उसैलाई हेरिरहेकी थिइन्। माइलाले हेरेको देखेर उनले हातको इशाराले बोलाइन्। तर ऊ भीडभित्रै हराउन खोज्यो। माइलाले केही दिनअघि पनि यी सोल्टिनीलाई सेरजङमा देखेको थियो। तर अगाडि पर्दै परेको थिएन। लामो समयको विदेश बसाइपछि माइला छोटो छुट्टीमा गाउँ आएको थियो। त्यहीबीचमा साइनोमा तुम्बा पर्नेको बर्खान्त थियो। सोल्टिनीकी दिदीका ससुरा थिए तुम्बा। यूकेमा रहेकी सोल्टिनी पनि त्यही बर्खान्तको वेला गाउँ पुगेकी थिइन्। माइलाले उनी पनि त्यहाँ आएको देख्यो, तर नजीक पर्दै परेन। फरासिली सोल्टिनी गाउँका सबै सोल्टीको नजरमा परिन्। धान नाच्न उनैलाई तान्दै थिए। उनी भने ‘सम्धी बनाउँछु है’ भन्दै पन्छिन खोज्दै थिइन्। तर बलिया सोल्टीहरूले बलजफ्ती तानेर बाहिर ल्याइछाडे। धान नाच्न सुरिएको माइला सोल्टिनीलाई तानेर ल्याएको देखेपछि सरक्क पन्छियो र ओझेल प¥यो। छोटो छुट्टी सकिने बित्तिकै माइला धरान झरेर नाइटबसमा काठमाडौंतिर लाग्यो। “सोल्टीलाई त भेट्नै पाइएन है भन्दै हुनुहुन्थ्यो सोल्टिनीले। आजभोलि नै फर्कने भन्दै हुनुहुन्थ्यो, भेट होला नि बाटोमा,” माइला धरान झरेपछि बहिनीले फोनमा भनेकी थिइन्। “उनीहरू प्लेनको प्लेन उड्ने, हामी गाडीको गाडी हिंड्ने, कसरी भेट हुन्छ हौ,” जवाफमा माइलाले भनेको थियो।तैपनि यूके जानेहरूले बढी कतार एअरवेज नै रोज्ने हुँदा भेट हुन्छ कि भन्ने डर थियो। नभन्दै भेट भइहाल्यो।जहाज उड्न तयार रहेकाले यात्रुलाई बसमा चढ्न अनुरोध गरियो। सबै जना ज¥याकजुरुक उठेर लाइन लागे। भीडमा सोल्टिनी माइला नजीक आउन खोज्दै थिइन्। माइला भने तर्किन खोज्दै थियो। बसको पछाडि उभिएको माइलाको छेउमा सोल्टिनी आइपुगिन्। भनिन्, “सोल्टी, कतारमा मेरो तीन घण्टा ट्रान्जिट छ, एअरपोर्टमा एकछिन कफी पिऔं ल।”“सोल्टिनीज्यूसँग कफी खाने हैसियत कहाँ छ र मेरो?” माइलाले भन्यो। “लु हौ सोल्टी, मैलेहैसियत दाँजेको होइन ल। बल्ल बल्ल सोल्टीसँग भेट हुँदा नपिउनु?”सोल्टिनीले यति भनेपछि माइलासँग अरू बोल्ने कुरै भएन। “स्टारबक्समा है सोल्टी। पक्का नि,” सोल्टिनीले पक्का गरिन्ए क दिन कक्षा खाली भएको वेला शान्तिला नामकी छात्राले ठूलो स्वरमा भनिन्, “मानबहादुर माइला सोल्टी मेरो हो है, अरू कसैले हेर्न र छुन पाउँदैन।” कक्षामा सबै हाँस्न थाले। माइला लाजले पोको प¥यो।बस जहाज अगाडि रोकियो, सबै झरे। सोल्टिनी अगाडि, माइला पछाडि पछाडि भयो। सोल्टिनीको सीट माइलाको भन्दा केही अगाडि परेछ। झ्यालपट्टिको सीटमा बस्यो माइला।यसो चियाउँदा सोल्टिनी पनि सीटमा बसिसकेको देख्यो उसले। प्लेन उड्न धावनमार्गमा गुड्न थाल्यो। ‘सोल्टिनीले भने अनुसार स्टारबक्समा भेटूँ त?’ माइलाले आफैंलाई सोध्यो। ‘भेटेर के गर्नु, न उसले केही पाउने न मैले।’ आफैंले उत्तर दियो।फेरि सोच्यो– अहिले आएर पाउने÷नपाउने भन्ने के छ र! सोल्टिनी हो, उवेला सँगै पढेको पनि हो। शिष्टता, भलाकुसारी भन्ने कुरा पनि हुन्छ नि!फेरि सोच्यो– आऽऽ के भेटिराख्नु! प्लेनबाट निस्कने बित्तिकै एअरपोर्टबाट चल्दिन्छु, स्कूलको झ्यालबाट भागे जस्तै। सात कक्षा पास भएपछि माध्यमिक तह पढ्न माइला दुई घण्टा टाढाको स्कूलमा भर्ना भएको थियो। कुटुम्बेरी गाउँबीचमा थियो स्कूल। धेरैजसो शिक्षक मात्र होइन, हेडमास्टर पनि कुटुम्बेरी साइनोका। शिक्षककै अगाडि सहपाठीहरूले ‘हाउ सोल्टी’ भन्दा माइला लाजले भुतुक्कै हुन्थ्यो।आठ कक्षामा भर्ना हुन निकै वटा स्कूलबाट आउँथे विद्यार्थी। छाडेको स्कूलमा प्रथम भएर आउने को को हुन् भन्नेबारे विद्यार्थीबीच चर्चा हुन्थ्यो। मानबहादुर लिम्बू सेरजङको प्रथम हो भनेर चर्चा भयो। अरू स्कूलबाट पहिलो भएर आउनेमा क्षेत्रीबाहुन हुने भएकाले लिम्बू गाउँको यो स्कूलमा मानबहादुर लिम्बूको विशेष चर्चा हुने नै भयो।एक दिन कक्षा खाली भएको वेला शान्तिला नामकी छात्राले ठूलो स्वरमा भनिन्, “मानबहादुर माइला सोल्टी मेरो हो है, अरू कसैले हेर्न र छुन पाउँदैन।”कक्षामा सबै हाँस्न थाले। माइला लाजले पोको प¥यो।अर्को दिन ब्ल्याकबोर्डमा एम+एस लेखिएको थियो। माइलाले त्यसलाई हतार हतार मेटिदियो। त्यसपछि बाटोका बाँसहरूमा लेखिएको मान+शान्तिला लेखेको मेट्न थाल्यो।कक्षामा कसै कसैले माइलालाई ‘शान्ते’ भनेर बोलाउन थाले। माइला टाउको उठाउनै सक्दैनथ्यो। हुँदाहुँदा गाउँका फुच्चाफुच्चीले पनि भेना, फूपा भनेर जिस्क्याउँथे। मानबहादुर कक्षा आठबाट नौमा गयो। परीक्षामा पाएको नम्बरका आधारमा रोल नम्बर तेस्रो भयो। तर कक्षामा शिक्षकले सोधेको उत्तर कहिल्यै दिंदैनथ्यो। बोल्नै सक्दैनथ्यो। त्यसैले कतिले भन्थे, “यो कसरी थर्ड ब्वाई भयो, चोर्छ कि क्या हो?”स्कूल बाहिर पनि माइलालाई गाह्रै थियो। स्कूल छेउमै औंसी र पूर्णेमा हाट लाग्थ्यो। माइला सुँगुरको पाठा बेच्न आमासँग गएको थियो। शान्तिला हाट नआएको होस् भन्ने कामना गरिरहेको थियो, तर किन नहुनु?शान्तिलाले भेट्नासाथ सोधिन्, “ओहो, सोल्टी बेपारमाआउनुभएको?”माइला पाठा छोडेर भाग्यो। फरासिली शान्तिलाले माइलाकी आमालाई पाठा बेच्न सघाइन् र सबै बिक्यो पनि। बेलुकी निन्याउरो अनुहार पारेर घर पुगेको माइलालाई आमाले भनिन्, “भ्वारी त राम्रो पो हेरेको र’छस्। मलाई राम्रो पालो दिन्छ जस्तो छ है।”माइलाले रिसाउँदै भन्यो, “छाडाहरू!”“तँलाई मन परा’को छ, के छाडा भन्छस्?” बजारबाट अलि रमरम भएर फर्केकी आमाले भनिन्, “त्यत्रो बेर त्यस्सै मलाई सघाउँछ? जिस्क्याको मात्र भए त एकछिन बस्थ्यो, गइहाल्थ्यो। मान्छे चिन्, खस्सी किन्।” त्यसपछि माइलाले औंशी–पूर्णे हाट टेकेन। त्यही बीचमा लाहुरे बन्न छाती नपाउन कुद्यो। उमेर कम भए पनि उसको ज्यान भर्ती हुन लायक थियो। कसरतको निहुँ पारेर माइला स्कूल जान छाड्यो। शान्तिला निकै चिन्तित बनिन् र चिठी लेखिन्। आफू लाहुरेनी बन्न तयार रहेको लेखेकी थिइन् उनले। त्यो चिठीले माइलालाई निकै हौसला दियो। लाहुरे भएर शान्तिला सोल्टिनीलाई नै माग्न जाने संकल्प पनि मनमनै ग¥यो। तर भर्तीका लागि पोखरा पुगेको ऊ छानिएन। माइला निराश भयो। फेरि स्कूल जान सकेन। शान्तिलाले बहिनी मार्फत पत्र पठाउँदै निराश नबन्न र स्कूल आउन कर गरिरहिन्। तर माइलाले न चिठीको उत्तर दिन सक्यो, न स्कूल गयो। माइला कहिले खेताला जाने त कहिले वसन्तपुर गएर भारी बोक्ने काममा अलमलिन थाल्यो। शान्तिलालाई चिठी लेख्न मन गर्थ्यो, तर आँट आउँदैनथ्यो। कहिल्यै उत्तर नपाएपछि शान्तिलाले पनि चिठी लेख्न छाडिन्। शान्तिलालाई यूकेको लाहुरेले मागेर लगेको माइलाले पछि सुन्यो। केही समयपछि ऊ पनि कतार पुग्यो। त्यहाँ काम गरेको पनि करीब १२ वर्ष हुन लागेछ। बाटो फरक परे पनि माइलाले सोल्टिनीका हरेक गतिविधि थाहा पाइरहेको थियो। माध्यम फेसबूक थियो। सामाजिक काममा रुचि राख्ने शान्तिलाले चल्तापुर्जा लिम्बू अभियन्ता ‘लुङ्माहिम माइला’ लाई रिक्वेस्ट पठाएपछि उनीहरू साथी बनेका थिए। कतारमा राम्रै कमाइरहेका माइला तेह्रथुम सम्पर्क मञ्च, किरात याक्थुङ चुम्लुङ लगायत संघसंस्थामा सक्रिय थियो। प्रोफाइल फोटोमा लिम्बुवानको नक्शा भएकाले त्यो माइला सोल्टीको फेसबूक आइडी हो भनेर शान्तिलालाई थाहा थिएन।माइला आफ्ना कुरा सटीक पारामा लेख्न सिपालु थियो। फेसबूकमा उसका बान्की परेका स्टेटस आउँदा कहिलेकाहीं शान्तिला प्रतिक्रिया लेख्थिन्– ‘मेरो पुरानो माइला सोल्टीको याद दिलाउनुभयो नि, आदाङ्बे।’जवाफमा माइला लेख्थ्यो– ‘हामीलाई पनि उही सोल्टी सम्झनुस् न आदाङ्मे।’सोल्टिनीको जवाफ हुन्थ्यो– ‘त्यस्तो कुरा सबैलाई बाँडिन्न नि आदाङ्बे।’ माइला नाजवाफ हुन्थ्यो र अतीतमा पुग्थ्यो। दोहा पुग्न लागेको जनाउ एअरहोस्टेसबाट आयो। झसंग भयो माइला। ऊ सोल्टिनीको आग्रहको अप्ठ्यारोमा थियो। जहाज धावनमार्गमा रोकियो। यात्रामा अलमल हुन सक्नेहरू एअरहोस्टेसको कुरा ध्यान दिएर सुन्दै थिए। सोल्टी–सोल्टिनी भने मुसो–बिरालोको खेलमा थिए। हाम फालुँला झैं आइपुगेकी सोल्टिनीको अगाडि माइलाको केही लागेन। लुरुलुरु पछ्यायो। स्टारबक्सको स्वचालित ढोका उनीहरूको स्वागतमा सररर खोलियो। एसीको चिसो हावामा मकालु हिमालले मेन्छ्यायेममा हानेको महसूस गरे उनीहरूले। “खोइ सोल्टी, के अँध्यारो, के उज्यालो। मैले त सँगै उज्यालो जीवन बिताऔं भनेकै हो, सोल्टी कहाँ हराउनुभयो भयो,” सोल्टिनी केही गम्भीर भइन्। एउटा टेबलमा ब्याग राखेर शान्तिला काउन्टरतिर गइहालिन्। माइला अलमलमा परे झैं उभिरह्यो।“बस्नुस् न सोल्टी।” उनीहरू बस्दाबस्दै ‘फ्ल्याट ह्वाइट’ कफी आइपुग्यो। “सोल्टीको रोजाइ के थियो कोनि, मैले त यो पो मगाएँ।” “अब हजुरहरू गोराको देशमा बस्ने मान्छे,” मुस्काउँदै माइलाले पनि कप उठायो। “मलाई त खासमा अम्रिकानो मन पर्छ, तर आज सोल्टीलाई भेटेको दिन उज्यालो पारेको नि।”“अँध्यारो जीवनमा के उज्यालो नि मेरा लागि त!”“खोइ सोल्टी, के अँध्यारो, के उज्यालो। मैले त सँगै उज्यालो जीवन बिताऔं भनेकै हो, सोल्टी कहाँ हराउनुभयो भयो,” सोल्टिनी केही गम्भीर भइन्। “तपाईंको उज्यालै उज्यालो नि सोल्टिनीज्यू। कुन महीनामा राति १० बजे पनि घाम लाग्छ अरे,” सोल्टिनीको अनुहारमा सीधा हेर्दै माइला बोल्यो। “ज्यान उज्यालोमा भए पनि मुटु त भित्र अँध्यारोमै छ नि।” “अर्कैको भइसकेको मुटु अँध्यारोमा छ कि उज्यालोमा, मैले कसरी देख्नु?”आफू त कति हो कति पछि लागेकै थिएँ नि सोल्टी ?” शान्तिला पनि तीखो नजर पारेर बोलिन्। “बाउमाइतीको गाउँमा धेरै बलियो हुनुभो नि सोल्टिनीज्यू। सरहरूकै अगाडि ‘आइलव्यु सोल्टी’ भनेपछि कसरी टिक्नु त?” शान्तिलाले खित्का छाडिन्। अरू टेबलबाट आफूतिर सोझिएका नजरले उनलाई तत्कालै मत्थर बनायो। “साँच्ची, के भा’को हामी है!” कफी सुरुप्प पार्दै शान्तिलाले भनिन्। “लिम्बुनीपन हो सोल्टिनी, मलाई यो बुझ्न १२ वर्ष लाग्यो,” माइलाले भन्यो। “कसरी सोल्टी?” “लिम्बुनीलाई आफ्नो बाउमाइतीकै अगाडि तन्नेरी छान्न कुनै समस्या छैन, त्यै भएर।” “अस्ति चुम्लुङ अध्यक्ष युके आउँदा त्यस्सै भन्नुभयो।”दुवै केही क्षण चूप भए। “छिमेकमा पाहुना आउँदा आमाले धान नाच्न जाओ भन्नुको कारण त्यही रहेछ,” एकछिनपछि शान्तिलाले भनिन्। “बेकारमा मेरो पढाइ मात्रै बिग्रियो,” सिलिङतिर हेर्दै माइला बोल्यो। “आबुइऽऽ, त्यत्रो आरोप त नलाउनुस् न सोल्टी!” “नौ–दश जना सर नै तपाईंका आफन्त। विद्यार्थी पनि सोल्टिनीहरूकै थरका धेरै। त्यहीमाथि सोल्टिनीहरूले सीधै धावा बोलेपछि हाम्रो त सातो नै गयो नि!”“मैले त यसरी कहिल्यै सोचिनँ सोल्टी।” दुवै केही बेर चूप रहे। “नेपालमा केटाहरूको जिस्क्याइले गर्दा केटीहरूलाई अप्ठ्यारो छ, पढाइ नै छोड्छन् भन्ने छ। यूकेमा हामी केहीले त्यस्ता केटीहरूलाई पढ्न र लड्न इन्करेज गर्ने भनेर छलफल गरेथ्यौं। तर आज उल्टो पाएँ।” “सोल्टिनीज्यू, तपाईंहरूले समाज पढ्नु नै भएको छैन।” “पढाइ छोडें भन्नुभएको होइन, समाज अध्ययन त राम्रो रहेछ त सोल्टी।” “त्यो स्कूले पढाइ पढिरहेको भए म त्यस वेलाको फर्स्ट, सेकेन्ड ब्वाई जस्तै डाक्टर र इन्जिनीयर बन्थें होला। उनेरुभन्दा कम त थिइनँ म पनि।”“त्यै त!”“तर त्यता छोडेर पनि दुःख लागेको छैन। मैले चुम्लुङमा लागेर, लिम्बुवान पार्टीमा लागेर धेरै बुझें।”“म पनि लागेकी छु, तर सोल्टी जति बुझ्ने भइनँ।”“खटेर मात्र भएन, प्रशिक्षणमा भाग लिनुप¥यो, पढ्नुप¥यो।”“हस्, सोल्टी। घरमा धेरै किताब थुप्रिएका छन्, अब चैं पढ्छु।”“पढेर पढाऔं पनि।” “सोल्टीलाई रोकेर कफी खानु मेरा लागि ठूलो ज्ञान पाउने अवसर भयो।” कफी रित्तिइसकेको थियो। घडी हेर्दै शान्तिलाले भनिन्, “समय धेरै छैन, अब सोल्टीकै रोजाइमाएक एक कप है।”“अब भयो सोल्टिनीज्यू, मेरो लगेज त घुमेको घुम्यै होला,” माइलाले भन्यो। “लगेजले धान नाचोस् न कतारमा।”दुवै मुस्काए। “अनि मेरो एउटा जिज्ञासा छ है सोल्टी”“भन्नुस्।” “मेक्खिम चैं अहिलेसम्म किन नगरेको नि?“तपाईं गइहाल्नुभो।” “यति आँट पहिले देखाएको भए म आफैं आउँथें हौ तपाईंको घर,” शान्तिला केही चर्कै बोलिन्। “अब लिम्बुवान भएपछि गर्ने इरादा छ।”“तपाईंको लिम्बुवान आउँदा त म बूढी भइसक्छु नि सोल्टी!” शान्तिलाले फेरि जिस्क्याइन्। “के फरक पर्छ र। म पनि त बूढै भएको हुँला त्यस वेला,” माइला पनि जिस्कियो। “लु, तपाईंको लिम्बुवान आउन्जेल म पनि पर्खिने भएँ।”“हुन्छ, छोराछोरीको बिहेदान गरिसक्नुस्। हामी त छँदै छौं नि!” “लु, अब मेरो वेला भयो सोल्टी,” शान्तिलाले उठ्दै भनिन्, “पूरै समाज र समयबारे बताउनुभयो। अब फेसबूकमा जोडिऔं। शान्तिला लिम्बू नाम खोज्नुस्, फोटो त चिनिहाल्नुहुन्छ।” “हुन्छ।” गेट नम्बर सातमा यूके उडानको लाइन शुरू भइसकेको थियोशान्तिलाबिदाइहातहल्लाउँदैलाइनमा मिसिइन्। माइला मोबाइल झिकेर चलाउन थाल्यो। शान्तिला लाइनमै थिइन्। मोबाइलमा मेसेन्जरको घण्टी बज्यो। “मीठो कफीका लागि धन्यवाद सोल्टिनीज्यू, लिम्बुवानी सेवारो।” लुङ्माहिम माइलाबाट मेसेज आएको थियो। ‘आबुइऽऽ’ भन्दै पछाडि फर्किइन ्। मुस्कुराइ रहेको माइला हात हल्लाउँदै जाँदै थियो।शान्तिलाले चोर औंला ठड्याउँदै संकेत गरिन्, ‘पख्!’हिमाल दशैं साहित्यका थप सामग्रीःकविता भएर काठमाडौं आऊ, जयगाउँ! (संस्मरण)इरेजर (कथा)आमाको बिदाइ (कथा)इन्द्रेनीका यी रंग (संस्मरण)मातृभूमिका लागि बच्चा पस्किदिने फलस्तीनी आमाहरू (संस्मरण)माथिको आदेश (कविता)जीवन र मृत्युको दूरी (निबन्ध)रेलको ’रोमान्टिसिज्म’ (आलेख)म त चाँडै फर्कनु छ (कविता)मनको मोदक (कविता) -२०८१ शुक्रबार, असोज २५, हिमालखबरमा प्रकाशित

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्