समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

लोपहुदैं घरगाउँमा ओढा घुम

सेवालुङ खवर | जेठ १९ गते २०८१

परम्परागत रुपमा रहेको गतिलो र प्रभावकारी बर्षे ओढा घुम हराउदै गएको छ । आधुनिकताको प्रभावले परपरागत शिपको बिकाश हुन नसक्दा कतिपय यस्ता सामाग्रिहरु लोप भईसके भने नयाँ सामाग्रीहरुको प्रयोग कति वाताबरण मैत्रि छ भनेर कसैको ध्यान समेत गएको पाईदैन ।घर–गाउँमा मेलापात, खेतिपाति र हाट–बजार जादा समेत प्रयोग गरिने बासको चोया, भोर्ला, कवाई, हात्तिपाईले जस्ता रुखको पातले छापेरबनाईने गम्म शरीर ढकाउदै न्यानो बर्षे ओढा धुम अहिले बिगतको ईतिहास मात्रै बनेको छ ।पहिला मेलापात गर्दा आमाहरुले त्यहि घुममा वच्चा सुताउने गरेको हुन्थे तर अहिलेका नानिहरुले घुम नै चिन्दैनन जान्दैनन भन्ने बृद्धमहिलाहरु बताउछन् ।वासको चोया र रुखको पातले बनेको कारण यो सजिलै कुहिने र शरिरमा न्यानोपन सगै शरिर सबै ढाक्ने हुदा स्वास्थ्य बर्धक थियो बर्खाभरि खेतिपाति गर्नेहरुलाई चिसो लाग्दैन थियो तर अहिले बिकल्पमा आएको प्लास्टिक लगायतको बस्तुहरु नसड्ने असुरक्षित वाताबरण र उपभोक्ता मैत्री त छैन नै धेरै अस्वस्थकर रहेको पाईन्छ ? तरपनि सुरक्षित मानिएको घुम प्रयोेगमा नआउने हुँदा यो बनाउने मानिसहरु पनि पाईदैन ।प्लास्टिकको बढ्दो प्रयोगबाट बिग्रदो वाताबरण र जलवायुको परिबर्तनलाई रोक्न पनि परम्परागत यस्ता सामाग्री हरुको प्रयोग उपयोगि हुने वाताबरण बिधहरुको सुझाव रहेको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्