ताप्लेजुङ/ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष रविन लिम्बु साम्राले जानकारी दिनुभयो । दुर्घटनामा फक्ताङलुङ गाउँपालिकाको लेलेप इलाडाँडाका २८ वर्षीय भुछिरिङ शेर्पाको मृत्यु भएको हो ।लेलेपबाट सदरमुकामतर्फ आउने क्रममा लेलेपको चाँगामा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनास्थलतर्फ सदरमुकामबाट प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो ।गत बिहीबार सोही पालिकामा पिकअप दुर्घटना हुँदा चालक पाँचथर घर घएका सरोज श्रेष्ठको मृत्यु भएको थियो भने सहचालक घाइते सौजन श्रेष्ठको उपचार भइरहेको छ ।साभार:रेडियो तमोर
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु








