समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा चढाइएको घण्टीलाई आवश्यक व्यवस्थापन गर्ने,

सेवालुङ खवर | पौष २ गते २०८१

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा चढाइएको घण्टीलाई आवश्यक व्यवस्थापन गर्ने भएको छ । क्षेत्र विकास समितिको बैठकले घण्टीको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पाथीभरा मन्दिरमा भक्तजन हरूले चढाएको घण्टी,गेट,पार्क,बनाउन सकिने गरी व्यवस्थापन गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले जानकारी गराएका छन् । पाथीभरालाई व्यवस्थित गर्न गुरु योजना निर्माण गर्ने सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नेे समेत निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताएका छन् । फुङलिङ नगरप्रमुख अमिर मादेनले पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न र विशेषताले भरिपूर्ण भएको हुनाले सूचीकृतका गर्न लागि पहल अघि बढाउनु पर्नेे बताएका छन् । ताप्लेजुङको पाथीभरा क्षेत्रलाई धार्मिक,सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक महत्व रहेकोले उक्त क्षेत्रलाई समितिले विश्व सम्पदा सूचीमा समावेश गर्न सकिने भएकाले आवश्यक प्रकृया अघि बढाउने निष्कर्ष लिएको क्षेत्र विकास समितिले जनाएको छ । त्यस्तै पाथीभरा मन्दिर परिसरमा रहेको हेलिप्याड सार्ने,हेलिप्याड गेट भन्दा बाहिर रहने,खाने पानी पाइप, सोलार बत्ती, लगायत आवश्यक सामाग्री माग गर्ने निर्णय समेत गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्