समय : १०:०२ pm | शुक्रबार , वैशाख ४ गते २०८३

जि.ई.एफको आर्थिक सहयोगर्थमा सचेतना लक्ष्य बृद्धि अभिमुखी तालिम कार्यक्रम सञ्चालन,

सेवालुङ खवर | फागुन २८ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको फुङलिङ होटल अन्नपूर्णमा आज दुई दिने कार्यक्रम तथा सचेतना लक्ष्य बृद्धी अभिमुखी तालिम सञ्चालन उद्यघाटन भएको छ । आदिवासी जनजातीको समन्ब्य र जि.ई.एफको (ग्लोभल ईभरमेन्ट फेसलिटी)आर्थिक सहयोगर्थमा दुई दिने सचेतना लक्ष्य बृद्धी अभिमुखी तालिम कार्यक्रम तथा सञ्चालन उद्यघाटन भएकोको हो । उक्त कार्यक्रमको उद्यघाटन वाङगे शेर्पाले गर्नु भएको थियो । तालिम कार्यक्रम तथा सञ्चालनको सहभागीमा जम्मा लगभग ३५ जना जती संख्यामा हारहारीमा रहेको थियो । अभिमुखी तालिम कार्यक्रम तथा सञ्चालन भने फुङलिङ नगर पालिका फक्ताङलुङ गाउँपालिका,मिक्वा खोला गाउँपालिका,आठाराई त्रिवेणी गाउँपालिकामा,सञ्चालन अभियान हुने कार्यक्रम तथा सचेतना संयोजक देवान सिं मादेन बिरही कान्छा सुब्बाले बताएका छन् । सचेतना लक्ष्य बृद्धी अभिमुखी तालिम प्रशिक्षण भने हरिला थलङ लिम्बू,भिङमारे हेल्लोक, देवान सिं मादेन बिरही कान्छा सुब्बाद्धारा प्रशिक्षण भएको, कार्यक्रम तथा सचेतना लक्ष्य बृद्धी अभिमुखी तालिम सञ्चालन स्रोतले जनाएको छ ।

परिचय,नेपालको पूर्वी पहाडी भेगमा वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनको लागि क्षमता अभिवृद्धि आयोजना यो आयोजना विवरणीय सुविधा (Global Environment Facility- GEF) को आर्थिक सहयोग नेपाल सरकार तथा संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि सङ्गठन (FAO) बीच सन् २०२३ अप्रिल २६ मा सम्झौता भई नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश र संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि सङ्गठनको संयुक्त प्रयासबाट नेपालको पूर्वी पहाडी भेगमा रहेका वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनको लागि कार्यान्वयनमा रहेको छ । आयोजनाको अवधि ४ वर्ष (अप्रिल, २०२३ देखि अप्रिल २०२७) रहेको छ भने कुल अनुदान ४.१८ मिलियन यूएस डलर अर्थात करिव रु ५५ करोडरहेको छ । यस आयोजनाको कार्यान्वयन क्षेत्र पाँचथर,तेह्रथुम, संखुवासभा, इलाम र ताप्लेजुङ्ग जिल्लाहरू रहेका छन् । आयोजना कार्यान्वयनका लागि प्रदेश मन्त्रालयमा एउटा आयोजनाव्यवस्थापन इकाईर जिल्लास्तरमा डिभिजन वन कार्यालय अन्तर्गत पाँचवटा आयोजना सहयोग इकाईहरू रहेका छन् ।यो आयोजना जैविक विविधताले भरिपूर्ण पूर्वी नेपालको तिनजुरे मिल्के जलजले, माई उपत्यका र तमोर उपत्यका क्षेत्रमा केन्द्रित छ । यस आयोजनाले कोशी प्रदेशको २६१०९.७ वर्ग कि.मि. क्षेत्रफल मध्ये ३५७५ वर्ग कि.मि. ओगटेको छ भने १३७ वटा स्थानीय तह मध्ये ३४ वटा स्थानीय तहहरू समेटेको छ जसबाट हाराहारी १,५३,३४० घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

फोटो:तस्विर बसन्त लिम्बू (लाबुङ)

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्