समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’

सेवालुङ खवर | असाेज ३ गते २०८१

काठमाडौँ,असोज ३ गते गोरखापत्र समाचारदाता नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि संविधान दिवस अफर ल्याएको छ । बुधबारदेखि शुक्रबारसम्म लागु हुने उक्त अफरमा ४९ रुपियाँमै एक दिन प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट भ्वाइस सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ । त्यस्तै १११ रुपियाँमा पाँच दिनसम्म चलाउन सकिने छ जिबी डाटा, १९९ रुपियाँमा सात दिनसम्म चलाउन सकिने १३ जिबी डाटा, २९९ रुपियाँमा १२ दिनसम्म चलाउन सकिने २० जिबी डाटा र ३९९ रुपियाँमा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ । यसै अफर अन्तर्गत ७८९ रुपियाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीले जनाएको छ । जस अनुसार प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने ३० जिबी डेटा,सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट भ्वाइस सुविधा र दुई सय वटा एसएमएस सुविधा उपलब्ध हुने छ । साभार गोरखापत्र अनलाइन

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्