समय : १०:१३ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ’नागरिकको अधिकार, नागरिकके घरदैलोमा’

सेवालुङ खवर | भाद्र २१ गते २०८३

ताप्लेजुङ, भदौ २१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ’नागरिकको अधिकार, नागरिकके घरदैलोमा’ अभियानलाई ब्यापक बनाउँदै लगेको जनाएको छ । पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जनमुखी स्थानीय सरकारको वास्तविक पहिचान दिनेगरी नागरिकका अधिकारलाई उनीहरूके घरदैलोमा पु¥याउने अभियानलाई ब्यापक बनाईएको जानकारी दिनुभयो । पालिकाले अहिले जनताका घरदैलोबाटे सामाजिक सुरक्षा भत्ता नविकरणका लागि गरिने बायोमेट्रिकको विवरण अद्यावधिक कार्य गर्दै आएको जनाएको छ । बिरामी, अशक्त र वडा कार्यालयसम्म आउन नसक्ने नागरिकको बायोमेट्रिक विवरणको अद्यावधिक घर–घरबाटे गरिदें आएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाले अहिलेसम्म ७० प्रतिशत सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिकको विवरण अद्यावधिक गरिसकिएको जनाएको छ । बाँकी ३० प्रतिशत लाभग्राहीको बायोमेट्रिकको विवरण अद्यावधिक कार्य चाँडै सम्पन्न गर्नेगरि कार्य भइरहेको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिनु भएको छ ।’नागरिकको अधिकार, नागरिकके घरदैलोमा’ अभियान अन्तरगत पालिकाले सम्वन्धित वडा कार्यालय र पालिकास्थित बैंकको समन्वयमा बिरामी, अशक्त र वडा कार्यालयसम्म आउन नसक्ने नागरिकको सामाजिक सुरक्षा भत्ता समेत घर–घरमै पुगेर बितरण गर्ने योजना कार्यान्वयन गर्दै आएको पालिकाले जनाएको छ । चालु आर्थिक बर्ष २०८३।८३४ मा समेत पालिकाले पालिकाको दुर्गम क्षेत्रका सेवाग्राहीलाई स्वास्थ्य सेवासहित घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने कार्यक्रम राखेको छ । बिरामी, अशक्त र वडा कार्यालयसम्म आउन नसक्ने नागरिक बाहेक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली (ईएफटी) मार्फत नियमित रुपमा बितरण हुँदै आएको पालिकाले जनाएको छ । पालिका अध्यक्ष लिम्बूले ’सेवा केवल कुर्सीबाट होईन, नागरिकका आँगनबाट दिनुपर्छ भन्ने मान्यतालाई पालिकाले संस्थागत गरिसकेको बताउनुभयो । ’सेवाका लागि अशक्त नागरिकले कठिन यात्रा गर्नुपर्ने नभई सरकार स्वयंले नागरिकको घरदैलोसम्म पुग्नुपर्छ पालिका अध्यक्ष लिम्बूले भन्नुभएको छ । – खगेन्द्र अधिकारी,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्