समय : ११:०१ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङको भानु माविमा सबैभन्दा ठूलो पुरस्कार राशी

सेवालुङ खवर | श्रावण ३१ गते २०८३

ताप्लेजुङ भाद्र १,/ स्थानीय फुङ्गलिङ्ग नगरपालिकाको सदरमुकाममा पर्ने भानु जन माध्यमिक विद्यालय अम्बिटार र हर्कजङ्ग स्मृति प्रतिष्ठान बीच कक्षा ११ को उत्कृष्ट अङ्क ल्याउने एकजना विद्यार्थीलाई वार्षिक रु. ४१ हजार देखि ५१००० सम्म अक्षय कोष पुरस्कार दिने लिखित सम्झौता भएको छ । भानु जन माविका संस्थापक अध्यक्ष लप्टन हर्कजङ मादेनको जन्म विक्रम सम्वत १९५२ भाद्र ३ गते पर्ने भएकोले आगामी २०८४ साल भाद्र ३ गते देखि प्रत्येक वर्ष संस्थापकको जन्म जयन्ती मनाउने उद्देश्यले उक्त दिन एउटा समारोह राखी अक्षय कोष पुरस्कार पुरस्कार प्रमाणपत्र सहित विद्यार्थीलाई हस्तान्तरण गर्ने सम्झौता भानु जन माविका अध्यक्ष युगराज गुरुङ, प्रधानाध्यापक किशोर राई र हर्कजंग स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्र मादेन आन्छन, कोषाध्यक्ष छत्र मादेन बीच लिखित सम्झौता भएको छ । तर उक्त दिन सार्वजनिक विदाको दिन पर्न गएमा या कारण बस जन्मोत्सव हुन नसकेमा सरस्वती पुजाको दिन अक्षय राशिको पुरस्कार दिइनेछ । अध्यक्ष आन्छनले स्थायी र अटुट सो पुरस्कारको लागि रु २१ लाख माथिको अचल संयुक्त खातामा बैंक ब्यालेन्स राखिएको कुरा जानकारी गराउनुभयो । सबैमा स्मरणीय रहेको छकी -- भानु जनमावि हालसम्म जिल्लाकै सबैभन्दा उत्कृष्ट र सबैभन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालय हो । सुब्बा प्रिथिध्वजको छोरा लप्टन हर्कजङ मादेनको विसं १९५२ भाद्र ३ गते जन्म भई सानैदेखि विभिन्न ज्ञाता पण्डितहरूबाट शिक्षा र ज्ञान लिई सामाजिक संस्कारी कार्यमा अब्बल परोपकारी बन्नुभएको थियो । राणा शासनको जगजगी भएको बेला २००६ सालमै भानु जन माविको स्थापना गर्नुभएको लप्टन हर्कजंग मादेन ताप्लेजुङ्गेहरूमै पहिलो न्यायाधीश एवं जिल्लाकै प्रशासक बडा हाकिम बन्नुभएको थियो । उहाँले प्रसिद्ध शक्तिपीठ पाथिभरा मुकुमलुङको स्थापना गर्न मुख्य भूमिका खेल्नु भएको थियो । त्यस्तै उहाँले धार्मिक आस्था, सभ्यता, संस्कृतिलाई बचाउने जगेर्ना गर्ने देखि लिएर जात जाति र विभिन्न समुदालाई मिलाएर राख्ने शान्ति र अमनचयन गराउने योद्धाको रूपमा परिचित हुनुहुन्थ्यो भने आफ्नै निजी पहलमा धारा, कुटी, पाटी, पौवा, मठ, मन्दिर, बाटो, घाटो निर्माण गर्नुभएको थियो । जुन अहिले पनि जीर्णोद्वार अवस्थामा ताप्लेजुङ बजार देखि पाथिभरा सम्म जताततै देख्न सकिन्छ । उहाँको कृतिशेष २०२६ मात्र १३ मा भएको थियो । महान समाजसेवी लप्टन हर्कजंग मादेन अमर रहुन् ।- चन्द्र मादेन आन्छन

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्