ताप्लेजुङ/ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका सावादिन गैरिगाउँमा स्थलगत अनुगमन भएको छ ।वर्खालागे सँगै वाढी,पहिरोको उच्च जोखिममा रहेकोले त्यस क्षेत्रमा अनुगमन गरिएको थियो ।सावादिनको गैरिगाउँ क्षेत्रमा पहिरोको अत्यन्तै जोखिम बढ्दै गएकोले सम्बन्धित वडा अध्यक्ष र स्थानीय वासीको सहभागितामा पहिरो रोकथाम उपायबारे छलफल तथा अनुगमन गरिएको थियो। फक्ताङ्लुङ गाउँपालिकाको बिभिन्न क्षेत्रमा बर्षातलागे पछि मनसुन अवधिभर जोखिम हुने गरेको छ । स्थानीय वासीलाई उच्च सतर्कता हुन जोखिमयुक्त क्षेत्र वा स्थानमा सचेत रहन र केहि आपत्कालीन अवस्था आएमा तत्काल सम्बन्धित निकाय वा स्थानीय प्रशासनलाई तत्काल सूचना जानकारी गर्न आग्रह समेत गरिएको थियो । त्यसैले वर्षाका कारण पहिरो जाने बढी सम्भावना रहेकोले उक्त क्षेत्रलाई अनुगमन गरिएको थियो । जोखिम न्यूनीकरणका पहिरो रोकथाम तथा जोखिम न्यूनी करण उपाय, पूर्वतयारी, तत्कालीन उद्धार र राहतका लागि सचेतना कार्यक्रम गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्तिले बताउनु भयो ।
फक्ताङ्लुङ गाउँपालिकाद्वारा वाढी,पहिरोको उच्च जोखिममा रहेको क्षेत्र स्थलगत अनुगमन








