समय : १०:३५ pm | सोमबार , जेठ १८ गते २०८३

ताप्लेजुङमा सीप विकासका लागि महिलालाई ट्रयाकसुट सिलाई तालिम

सेवालुङ खवर | जेठ १३ गते २०८३

ताप्लेजुङ – महिलाहरूको सीप विकासका लागि ताप्लेजुङमा दिइएको एक महिने ट्रयाक सिलाई सम्बन्धी तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजना ÷ नेपाल घरेलु तथा साना उद्योग कार्यलयको समन्वयमा तालिम सम्पन्न भएको हो । गत वैशाख १० गतेदेखि सुरु भएको तालिम फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका उद्योग अधिकृत लक्ष्मी सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा जिल्ला भरिका १२ जना महिलालाई तालिम दिइएको छ । तालिमको सहजीकरण रत्न काजी कपालीले गर्नुभएको छ ।तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई कार्यक्रममा उपस्थित अतिथिहरूले प्रमाण पत्र हस्तान्तरण गरेका थिए । विद्यार्थी, खेलाडी लगायतलाई उपयोगी हुने ट्रयाकसुट जिल्लामै उत्पादन गरि आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उद्योग अधिकृत सुहाङको भनाई छ । पर्याप्त र गुणस्तरीय ट्रयाकसुट उत्पादन भए रकम समेत जिल्लामै अडिने हुँदा सिकेको सीपलाई चाँडै कार्यन्वयनमा ल्याउन अतिथिहरूले आग्रह गरेका थिए ।- रेडियो तमोर

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्