समय : ०९:५१ pm | आइतबार , भाद्र २८ गते २०८३

मेरिङ्देनमा झण्डै २ सय कुकुर तथा बिरालोको बध्याकरण

सेवालुङ खवर | वैशाख २१ गते २०८३

ताप्लेजुङ – जिल्लाको मेरिङ्देन गाउँपालिकामा सञ्चालित ३ दिने निःशुल्क कुकुर तथा बिरालो बन्ध्याकरण शिविर मार्फत १ सय बढी कुकर तथा बिरालो बध्याकरण गरिएको छ । पशु सेवा शाखा र मेरिङदेन गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिबिर मार्फत १ सय ७० जनावरहरुको बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ । जसअन्र्तगत वडा नं. १ थिङ्लाबु, वडा नं. २ सान्थाक्रा र ३ खाम्लुङमा गरी जम्मा ५८ वटा कुुकुर बिरालोको बध्याकरण गरिएको छ भने, वडा नं. ४ लिङ्तेप र वडा नं. ५ थुकिमामा ५७ वटा र वडा नं. ६ नाल्बुमा ५५ वटा गरी १ सय ७० वटा कुकर तथा बिरालो बध्याकरण गरिएको गाउँपालिकाका प्रमुद प्रशासकिय अधिकृत उदय कुमार यादबले जानकारी दिनुभएको छ । रबिज रोगको जोखिम न्यूनिकरण तथा सामुदायिक कुकुर व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले गत शुक्रबार देखि हिजो आइतबार सम्म शिबिर सञ्चालन गरिएको थियो ।– बिक्रम लाम्गादे

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्