समय : १०:२४ pm | आइतबार , भाद्र २८ गते २०८३

तमोर नदीले बगाएर बालक बेपत्ता

सेवालुङ खवर | वैशाख ६ गते २०८३

ताप्लेजुङ, वैशाख ६ गते । ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुका मिङमा शेर्पाका नौ वर्षीय छोरा फुर्वा शेर्पा तमोरले बगाएर बेपत्ता हुनुभएको हो ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक आशिस पोखरेलका अनुसार मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ र फुङ्लिङ नगरपालिका–२ हान्द्रुङबिच भएर बग्ने तमोर नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बालक बगेर बेपत्ता हुनुभएको हो ।बालक बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय चाँगे दोभानमा खबर भएपछि तत्काल प्रहरी निरीक्षक दीपक लिम्बूको नेतृत्वमा बालकको खोजीका लागि प्रहरी टोली खटिएको थियो । प्रहरी टोली, आफन्त र स्थानीय जुटेर शनिबार साँझसम्म खोजी गर्दासमेत बेपत्ता बालक फेला पार्न नसकिएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।आइतबार बिहानैदेखि बेपत्ता बालकको खोजी कार्यलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । नाल्बु घर भएका शेर्पाको परिवार हाल फुङ्लिङ नगरपालिका–२ धोक्रेस्थित हेमन्त श्रेष्ठको घरमा डेरी गरी बस्दै आएका प्रहरीले जनाएको छ ।-चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्