समय : १०:५७ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङका पत्रकार चन्द्र पन्दाकलाई २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत

सेवालुङ खवर | फागुन २८ गते २०८२

ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ताप्लेजुङका पत्रकार चन्द्र पन्दाकलाई बुधवार २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरेको छ । स्थानीय तहको नवीं स्थापना दिवसको अवसर पारेर पालिकाले उज्यालो पोष्ट दैनिकका प्रकाशक तथा गोरखापत्र दैनिकका जिल्ला सम्बाददाता पत्रकार पन्दाक सहित कार्य सम्पादनमा जिम्मेवार र जवाफदेहि बन्ने तीन कर्मचारी, एक शिक्षक र ४ उत्कृष्ट कृषकलाई पुरस्कृत एवम् सम्मानित गरेको हो। पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार सार्वजनिक सेवा प्रवाहलाई खोजमूलक, विश्लेषणात्मक र तथ्यपरक ढङ्गले प्रस्तुत गरी स्थानीय तहलाई जनमैत्री,विश्वसनीय र उत्तरदायीपूर्ण बनाउन भूमिका खेलेको भन्दै पत्रकार पन्दाकलाई पुरस्कृत गरिएको छ। अघिल्लो वर्ष उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीलाई पातिकाले सम्मानित गरेको थियो । स्थानीय तहले कार्य सम्पादन गरेका गतिविधि, चालेका कदम, देखिएका समस्या, सेवाग्राहीको माग, स्थानीय तहले निर्माण गरेका ऐन, नियम र कार्यविधि समेतका विषयमा समेत पत्रकार पन्दाकले नियमित रिपोर्टिङ गर्नुहुन्छ । स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका आधारमा कार्यपालिकाले निर्णय गरे बमोजिम पत्रकार पन्दाकलाई पुरस्कृत गरिएको पालिका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । उत्कृष्ट कर्मचारीतर्फ हेल्थ असिष्टेन्ट विकास पुन,वडा सचिव पिपलनमान गान्छाकी र कार्यालय सहयोगी रीतादेवी विक पुरस्कृत हुनु भएको छ । शिक्षकतर्फ महाकाती आधारभूत विद्यालयका शिक्षक अभिषेक मेन्याङ्वो पुरस्कृत हुनु भएको छ । उत्कृष्ट कर्मचारी तथा शिक्षकलाई जनही नगद १५ हजार सहित पुरस्कृत गरिएको पाथीभरा याङवरक गाउँपालिकाका अधिकृत छैटी शिवकुमार काम्वाङले जानकारी दिनुभयो । यसबर्ष सर्वोकृष्ट कर्मचारीतर्फको पुरस्कार दिईएन । यता कृषक तर्फ पाथीभरा याङवरक् वडा नं १ नाङखोल्याङका कुतराज न्यौपाने, वडा नं. २ पेचम्बुका तुलाराम भट्टराई, वडा नं ३ तिरिङ्गेका सम्झा लिम्बू र वडा नं ६ थुम्बेदिनका राजकुमार भण्डारी जनही ५० हजार रुपैयाँ सहित पुरस्कृत हुनु भएको छ। पुरस्कृत एवम् सम्मानित हुने हरूलाई पालिका अध्यक्ष सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै पालिका अध्यक्ष सुब्बाले जनमैत्री सेवाप्रवाहते सरकारको प्रभावकारितामा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । किसानलाई व्यवसायमुखी बनाउन तथा अर्गानिक खेती प्रणाली र कृषक पेशालाई संस्थागत र आत्मनिर्भर बनाउने कुरामा सहयोग गर्न यस्ता सम्मानते थोर भएपनि सहयोग पुग्ने विश्वास लिनुभयो । पालिका उपाध्यक्ष गुरुङले सम्मान तथा पुरस्कारको मर्मलाई आत्मसाथ गर्दै स्थानीय सरकारको सेवा प्रवाह थप प्रभावकारी बनाउन पुरस्कृत व्यक्तित्वले आगामी भूमिका समेत उत्तिकै रचनात्मक तवरबाट निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो । २०७३ साल फागुन २७ गते स्थानीय तह स्थापना भएका हुन् । स्थानीय तहले हरेक वर्षको फागुन २७ लाई स्थापना दिवसको रुपमा मनाउने गर्छन् ।- उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्