समय : १०:५६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा नेकपा एमालेका१३ हजार ९८२ मतले क्षितिज थेवे विजयी

सेवालुङ खवर | फागुन २४ गते २०८२

ताप्लेजुङ फुङलिङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेवे विजयी हुनु भएको छ । नेपाली काँग्रेसका उम्मेद्वार गजेन्द्र प्रसाद तुम्याहाङ लिम्बूलाई फराकिलो मतान्तरले पराजित गर्दै थेवे विजयी हुनु भएको हो । थेवेले १३ हजार ९८२ मत प्राप्त गर्नुभएको छ भने तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गर्नू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत ताप्लेजुङका न्यायाधीस विकास श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार थेवे र तुम्याहाङबीचको मतान्तर दुई हजार २५१ रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट चुनावी मैदानमा होमिएका १३ जना उम्मेद्वारलाई पछि पार्दै थेवेले संसदीय यात्रा तय गर्नु भएको हो । थेवे र तुम्याहाङ दुवै जना पहिलो पटक चुनावी प्रतिष्पर्धामा होमिनु भएको हो । ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार खेलप्रसाद बुडाक्षेत्री परागल छ हजार ७७५ मत प्राप्त गर्नू भएको छ । २०७९ सालको निर्वाचनमा २०८ को झिनो मतान्तरले एमाले उपमहासचिव योगेश भट्टराईसँग पराजित हुनु भएको पराग पुन दोश्रो पटक चुनावी प्रतिष्पर्धामा होमिनु भएको हो । देशका अधिकांस स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता कायम गरेपनि ताप्लेजुङमा पाँचौँ स्थानमा मात्र आएको छ । रास्वपाका उम्मेद्वार विरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गर्नु भएको छ । यस्तै श्रम संस्कृति पार्टीका उम्मेद्वार सन्तोष राईले पाँच हजार २०९ मत प्राप्त गरेर चौथो स्थानमा रहनु भएको छ । ९० हजार ३ सय २७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ४ सय ७४ जनाले मत खसालेका थिए । कुल खसेका मतमध्ये दुई हजार ६८६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६१ ओटा वडा रहेको ताप्लेजुङमा ८० ओटा मतदान स्थलमा १ सय २७ ओटा मतदान केन्द्रबाट मतदाताले मताधिकार प्रयोग गरेका हुन् । स्रोत - रेडियो तमोर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्