समय : १०:५७ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको हिमाली बस्तिमा मतपेटिका हेलिकोप्टर मार्फत ढूवानी हुने,

सेवालुङ खवर | फागुन ११ गते २०८२

ताप्लेजुङ, फागुन ११ । ताप्लेजुङको हिमाली बस्ति ओलाङचुङगोला, याङ्गा, ग्याब्ला र घुन्साका मतपेटिका हेलि कोप्टर मार्फत ढूवानी हुनेगरी जिल्ला निर्वाचन समन्वय समितिले आवश्यक तयारी गरेको जनाएको छ । फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सोमवार आयोजना गरेको सरोकार वालाको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले ४ स्थानका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था सरकार, निर्वाचन आयोग सहितका माथिल्लो निकायमा पेश भएको जानकारी दिनुभयो । प्रधानमन्त्री सुशिला कार्कीको ताप्लेजुङ भ्रमणका बेला समेत जिल्ला सुरक्षा समितिले उल्लेखित ४ स्थानको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था बताएको थियो । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरी सहितले प्रतिनिधिसभाको निर्वाचन मार्फत समानुपातिकतर्फमा मात्र मतदान गर्न पाउने व्यवस्था रहेको समेत प्रजिअ सेढाइँले बताउनुभयो । निर्वाचनमा खटिएका कर्मचारीलाई मतदान गर्न पाउने स्थल भन्दा बाहिर खटाउनुपर्ने प्रावधान रहेको बताउँदै प्रजिअ सेढाइँले खटाईएका कर्मचारीको विवरणमा केहि तलमाथि भए संशोधन गरिने बताउनुभयो । निर्वाचनमा खटिएका कर्मचारीले प्रत्यक्षतर्फ मतदान गर्न पाउने व्यवस्था छैन सेढाईंले भन्नुभयो । अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले जिल्ला निर्वाचन कार्यालयमार्फत भइरहेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । आचार संहिता अनुगमन अधिकृतद्धय यादव भट्टराई र यमनाथ गिरीले आचार संहिताको उल्लंघन र पालनाको अवस्था बारे बताउनु भएको थियो । जिल्ला निर्वाचन कार्यालयमा अनुसार ताप्लेजुङमा १ हजार ६ सय ८३ जना अस्थायी मतदाता रहेका छन् । अस्थायी मतदाताले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउनेछन् । अस्थायी मतदातामध्ये १ हजार २ सय १९ पुरुष र ४ सय ६४ महिला मतदाता रहेका छन् । अस्थायी मतदाताका लागि २ वटा मतदान केन्द्र निर्धारण गरिएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी श्रेष्ठका अनुसार किराँतेश्वर मन्दिर परिसर फुङलिङ नगरपालिका वडा नं ४ र जिल्ला कारागार कार्यालय गरी अस्थायी मतदाताका लागि २ वटा मतदान स्थल निर्धारण गरिएको छ । उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्