समय : १२:०४ am | सोमबार , भाद्र २८ गते २०८३

केवलकार परियोजना विरुद्ध मुक्कुमलुङ संयुक्त संघर्ष समिति आन्दोलित

सेवालुङ खवर | माघ १७ गते २०८२

ताप्लेजुङ,/ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजना विरुद्ध उठेको आन्दोलन पछी मुक्कुमलुङ संयुक्त संरक्षण संघर्ष समितिले केवलकार निर्माण खारेजीका लागि संघर्षरत् संस्थाहरूले ताप्लेजुङमा र्याली तथा कोण सभा आयोजना गरेको छ । संघर्ष समितिले केवलकार निर्माण खारेजीका लागि संघर्षरत् संस्थाहरूले ताप्लेजुङको तोक्मे फाल्गुनन्द चोकबाट र्याली हुदैं ताप्लेजुङको फाल्गुनन्द चोकमा कोण सभा भएको मुक्कुमलुङ संरक्षण संघर्ष समितिले जनाएको छ ।उक्त कोण सभामा लिम्बु विद्यार्थी मञ्च ताप्लेजुङका अध्यक्ष रोशन खिम्दिङ,किरात धर्म सहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष तथा मुक्कुमलुङ संयुक्त संरक्षण संघर्ष समिति के.स.संयोजक डकेन्द्रसिं थेगीम,राष्ट्रिय जनमुक्ती पार्टीका के.स ईन्दिरा धौराली,पहिचान बादीका सल्लाहका खड्रका गुरुङ,लिम्बु मुन्धुमी गायिका,तथा आर्टिस,झुमा वनेम लिम्बु, ताप्लेजुङ संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बोले लगायतले केवलकार परियोजना विरुद्ध उठेको आन्दोलन केवलकार निर्माण खारेजीका लागि मत्यव्य राखेको किरात याकथुङ चुम्लुङ जिल्ला शाखाका सचिव सरोज कङलिवाले जानकारी गराउनु भएको छ । संघर्ष समितिले १६ गते फाल्गुनन्द चोकमा कोण सभा लगायत,र्याली,१७ गते आन्दोलन क्रममा माघ ११ फगुन ११ गते गोलीलागी घाइते भएकालाई सम्मान कार्यक्रम १८ गते पाथीभरा /मुकुम्लुङ को कान्छी थान बाट थान सम्म खिबो खिङमा,धागो टाङने,र अन्य कार्यक्रमहरु गरिने भएको कङलिवाले बतउनु भयो ।

तस्विर:बसन्त लिम्बु (लाबुङ)

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्