समय : १२:३३ am | सोमबार , भाद्र २८ गते २०८३

प्रतिनिधि सभा निर्वाचनका लागि ताप्लेजुङमा ८९२ जना निर्वाचन प्रहरीको माग

सेवालुङ खवर | पौष २५ गते २०८२

ताप्लेजुङ/ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ताप्लेजुङमा ८९२ जना निर्वाचन प्रहरीको माग भएको छ। निर्वाचनका लागि भने दरखास्तको लागि शुक्रबारबाट माघ १ गते सम्म आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सार्वजनिक बिदा भएका बेला समेत जिल्ला प्रहरी कार्यालय मार्फत फारम भर्न सकिने व्यवस्था गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालय का प्रमुख वेदप्रसाद गौतमले जानकारी गराउनु भएको छ। प्रहरीका जानकारी अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष ननागेका साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सकिने र निर्वाचन प्रहरी भर्नाको अन्तिम नतिजा भने माघ १२ गते प्रकाशन हुने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्