ताप्लेजुङ – नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य खेलप्रसाद बुढाक्षेत्री (पराग) ले दलित प्रतिनिधिहरुसंग छलफल गर्नुभएको छ । शुक्रबार फुङ्लिङमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्धारका रुपमा सिफारिस हुनभएका नेता परागले दलितका समस्या तथा समाधानका उपायका बारेमा परामर्श गर्नुभएको हो । नेता परागले आफूले उठान गर्ने दलितका साझा मुद्दा र भाबी दिनमा खेल्न सक्ने भूमिकाका बारेमा छलफल गर्नुभएको हो । छलफलका क्रममा दलित प्रतिनिधिहरुले जातिय बिभेद अझै अन्त्य नभएको भन्दै बिभेद अन्त्यका लागि चाल्न सक्ने ठोस् कदमका बारेमा सुझाब दिएको छन् । समाजमा दलितप्रति हेर्ने दृष्टिकोण केही हदसम्म कम भएपनि पूर्णरुपमा अन्त्य नभएको गुनासो गर्दै दलित प्रतिनिधिहरुले नेपाली कम्युनिष्ट पार्टीले नेतृत्वदायी भूमिकामा दलितलाई अघि सार्न समेत आग्रह गरेका छन् । छलफलमा बोल्दै दलित अगुवा नेत्र नेपालीले संस्कार र संस्कृतिमा दलितप्रतिको बिभेद केही परिवर्तन भएजस्तो देखिए पनि बिभेदको स्वरुप परिवर्तन भएको बताउनुभयो । उहाँले दलितलाई दिने छात्रबृत्ति परम्परागत रहेकाले त्यसलाई सुुधार गर्न आवश्यक रहेको औँल्याउनुभयो । यस्तै अर्का दलित अगुवा गंगाराम शंखरले संविधानको कार्यान्वयन नहुँदा दलितका मुद्दा ओझेलमा परेको बताउनुभयो । दलित भएकै कारण अन्तरजातिय बिबाह गर्दा धेरै दलितहरु पिडित रहेको उल्लेख गर्दै उहाँले राज्यले आफूहरुका समस्यामा चासो दिन आवश्यक रहेको धारणा राख्नुभयो । यस्तै दलित अगुवा नर्जुङ सुनामले दलित समुदायको मुद्दामा सबै राजनीतिक दलको दृढ संकल्प आवश्यक रहेको बताउनुभयो । नेता बुढाक्षेत्रीले आफू दलित समुदायको बिभेद गर्न समाजमै हर्किएको स्मरण गर्दै दलितका पिडामा सधैँ वकालत गरेको बताउनुभयो । उहाँले आफूले निर्वाचनमा होमिदै गर्दा दलितका माग र मुद्दालाई सशक्त उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।छलफलमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य निता सिवा, दलित अगुवा अमर लाम्गादे लगायतले दलिका समस्या र समाधानका उपाय र नेपाली कम्युनिष्ट पार्टीले खेल्न सक्ने भूमिकाका बारेमा नेता पराग समक्ष छलफल गरेका थिए । विक्रम लाम्गादे
नेकपाका नेता बुढाक्षेत्रीद्वारा दलित प्रतिनिधिसंग छलफल








