समय : १२:३५ am | सोमबार , भाद्र २८ गते २०८३

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे काबेली सडक खण्ड बन्द हुने

सेवालुङ खवर | पौष २२ गते २०८२

मेची राजमार्ग अन्तरगत बहानन्दे काबेली सडक खण्ड बन्द हुने भएको छ । पुस २५ गतेदेखि २८ गतेसम्म ४ दिनसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो । मर्मत तथा पुन निर्माण गर्नुपर्ने भएकाले पूर्व तयारीको काम भइरहेका कारण सडक खण्ड बन्द हुने निर्माण कम्पनी हिमालयन कन्ट्रक्सन ताप्लेजुङले जानकारी दिएको छ । कम्पनीका अनुसार पुस २५ देखि २८ गतेसम्म बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म राजमार्ग बन्द हुने भएको छ । उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गरी सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ । यस्तै सडक डिभिजन कार्यालयल इलामले एक सूचना जारी गर्दै सडक निर्माणाधीन अवस्थामा उक्त क्षेत्रमा आफ्ना पशुचौपाया नछोडिदिन, मानिसहरू हिँडडुल तथा आवतजावत नगरीदिन र सावधानी अपनाइदिन समेत स्थानीयवासी तथा यात्रुहरूलाई अनुरोध गरेको छ । यदि अनुरोधलाई बेवास्ता गरी क्षति हुन पुगेमा स्वयं जिम्मेवार हुनुपर्ने समेत जारी सूचनामा उल्लेख गरिएको छ ।विक्रम लाम्गादे

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्