समय : ०१:०४ am | सोमबार , भाद्र २८ गते २०८३

केवलकार खारेजी संयुक्त सङ्घर्ष समितिद्धारा थप आन्दोलनको घोषणा,

सेवालुङ खवर | पौष १८ गते २०८२

मंसिर १८ शुक्रबार । ताप्लेजुङको फुङ्लिङ नगरपालिका ४ अवस्थित होटल स्नो लियोपाटमा नो केवलकार पक्षधर घटकहरूको उपस्थितिमा केवलकार खारेजी संयुक्त सङ्घर्ष समितिले आज पत्रकार सम्मेलन गरेका छन् । ताप्लेजुङको फुङ्लिङ र ललितपुरको किरात याक्थुङ चुम्लुङ हिमले आयोजनागर्दै उक्त पत्रकार सम्मेलन गरिएको हो । फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनगर्दै नो केबलकार पक्षदर घटकहरूको उपस्थिति र केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले मन्त्रीपरिषद् स्तरीय निर्णयबाट केवलकार खारेजी नै सहमतिको विकल्पनै बताउनु भएको थियो । उहाँले भन्नुभयो दायाँ बायाँ कुनै पनि हालतमा केवलकार बन्ने छैन र व्यक्तिगत स्वार्थ मा नलागी सामूहिक संस्थागत विचारबाटै लागि पर्ने पनि बताउनु भएको थियो । त्यसपश्चात् वर्तमान सरकारबाट केवलकार खारेजी हुने निर्णयनै विश्वास रहेको र सरकारले दमन गरेर अघि बढ्न खोजे थप आन्दोलन सशक्त बनाउनुको विकल्प नहुने पनि बताउनु भएको थियो । नो केबलकार पक्षधर केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति द्वारा यही आउँदो पुष २२ गतेबाट ताप्लेजुङका सबै स्थानहरू सहित विभिन्न जिल्ला तथा गाउँघर मा भेला छलफल कार्यक्रम हुने घोषणा गरिएको छ । त्यस्तै गरी माघ १२ गतेबाट पूर्वी नेपालका सबै जिल्लाहरु मुख्य बजारहरुमा कोणसभा गर्ने र माग १६ गते नो केबलकार आन्दोलनका क्रममा घाइते हुनेहरूलाई सम्मान गर्ने १८ गते पाथिभराको कान्छी थानबाट मन्दिरसम्म धागो टांग्ने कार्यक्रम भएको मुकुमलुङ ताङसेप फासिङ चुम्भो तथा मुकुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले जनाएको छ । १९ गते पाथिभरा मुकुम्लुङ क्षेत्रमा प्रदर्शन र कोणसभा गर्ने २० गते देखि माघ मसान्त सम्ममा पाथिभरा केवलकार र पाथिभरा क्षेत्र विकास समिति गठन आदेश खारेजीको क्रममा आन्दोलनमा लगाइएका मुद्दाहरु खारेजी सहित उक्त विषयलाई निर्वाचनको एजेन्डा बनाएर प्रत्येक गाउँ बस्तीमा अभियान चलाउने र थप आन्दोलन कार्यक्रमहरु घोषणाहरू गर्ने भएको सङ्घर्ष समितिले जनाएको छ ।

फोटो:तस्विर बसन्त लिम्बु (लाबुङ)

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्