ताप्लेजुङ / नेपाली कांग्रेस ताप्लेजुङको प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ जिल्ला सभापति गजेन्द्र तुम्याङलाई नाम एकल सिफारिस गरेको छ । बिहिबार सम्म चलिरहेको छलफलले तुम्याङको नाम सहमतिमा जुटेपछि जिल्लाबाट शुक्रबार अनुमोदन गरी पठाइएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङले जनाएको छ । त्यसै अनुसार प्रतिनिधि सभामा समानुपातिक तर्फ खुल्लातर्फ पूर्वमन्त्री जिल्ला सभापति केशव दाहाल, तथा महिलातर्फ कल्पना सिटौला खड्काको नाम सिफारिस अगाडि बढाइएको थियो । राष्ट्रिय सभा सदस्य खुल्ला तर्फमा त्यस्तै पूर्वमन्त्री मणि लामा महाधिवेशन प्रतिनिधि बलबहादुर तामाङ ,पदम सुन्दर पालुङवा, मातृका प्रसाद शेपार्, गीता कुमारी सेन्दाङको नाम सिफारिस गरिएको छ भने अपाङ्गतर्फ ति अपाङ्गतर्फ तिलप्रसाद सुब्बाको नाम पनि सिफारिस गरिएको छ। राष्ट्रिय सभा सदस्य महिलातर्फ यता पूर्व जिल्ला सभापति तथा निवर्तमान प्रतिनिधि सभा सांसद लिलादेवी बखिम,मातृका देवी प्रसार्इँ कार्की,गीता चौहान र प्रमिला गुरुङको नाम पनि सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समितिले जनाएको छ ।









