ताप्लेजुङ/ ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भूतपूर्व मन्त्री हरिबोल गजुरेलले नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको बताउनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै वामपन्थी धुर्वीकरण हुने क्रमहरु जारी भए पनि पहिलो पार्टी बन्ने सम्भावना भएको गजुरेलले बताउनु भएको हो । फुङ्लिङको सदरमुकाममा बिहिबार बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता गजुरेलले नेकपा देशको बलियो शक्ति बन्ने र पहिलो पार्टी बन्ने भन्नुभएको थियो। विगतका पछिल्लो समयमा भएका पार्टी एकताहरूभन्दा यसपटक फरक किसिमको एकता भएकोले नेकपातिर सबै बाम विचार भएकाहरुलाई आकर्षित हुने पनि उहाँले बताउनुभयो। जेन्जी आन्दोलनपछि उहाँले भन्नुभयो उत्पन्न परिस्थितिलाई सन्तुलित बनाउनका लागि राष्ट्रलाई संकटबाट बचाउन र समाजवादी क्रान्ति पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी बनेको पनि बताउनुभएको छ। तत्कालै नेकपा अवलम्बन भई समाजवादी क्रान्तिलाई पूरा गर्ने सैद्धान्तिक सहमति हुनुका साथै नेपाल कम्युनिष्ट पार्टीहरू एक भएको उहाँले बताउनुभयो। पार्टी नेतृत्व र नेताहरू सचिने भएपछि त्यस प्रयत्नमा पनि नेपाल कम्युनिष्ट पार्टी एक आधार बनेको बताउँदै नेता गजुरेलले सचिन र रूपान्तरण हुन नचाहने केही नेताहरु एकतामा सहमति नभएको पनि बताउनुभएको छ। उहाँले निर्वाचन जित्नका लागि पार्टी एकता भएको प्रष्ट पार्दै नेपाली कम्युनिस्ट पार्टी धुर्विकृत हुन एकै ठाउँमा आउने आउने र आउन सबै वामपन्थीहरूलाई आह्वान समेत गर्नुभएको छ। गजुरेलसँगै आएका नेकपाका अर्का नेता कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि नेकपा देशको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ। राईले भन्नुभयो एमालेभित्र पनि रूपान्तरण चाहनेको सङ्ख्या ठूलो रहेकोले अब हुने एमालेको महाधिवेशनपछि कतिपय नेताहरू नेकपामा समाहित हुनेगरी छलफल भइरहेको बताउनु भएको छ। तत्कालीन एकीकृत समाजवादी पार्टीले प्रदेश सभामा पहिचानको आधारमा नामांकरण गरिनुपर्छ भन्ने मुद्दा लिएर अघि बढेको र अब नेपाल कम्युनिस्ट पार्टी भएपछि पनि पहिचानकै पक्षमा उभिएर पुन नामेटको पहल गर्ने उहाँले बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले आज जिल्ला स्तरीय पार्टीका आयोजना गर्दै गर्दै यो सन्देश सभालाई सम्बोधन गर्न नेता गजुरेल राई तत्कालीन माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ मिन्सो लगायतका केही नेताहरू ताप्लेजुङ आउनुभएको थियो। ताप्लेजुङको फुङ्लिङ सदरमुकाम जानुइन होटल मा आज सन्देश एकता सँगै ११ बजे पछि सुरु हुने नेकपाका नेता खेलप्रसाद बुढा क्षेत्री परागले जानकारी बताउनु भएको छ ।
नेकपा पहिलो पार्टी बन्ने सम्भावना भूतपूर्व मन्त्री हरिबोल गजुरेलको भनाई








