समय : ०३:३८ am | मङ्गलबार , भाद्र २९ गते २०८३

ताप्लेजुङमा जंगली भालुको आक्रमणबाट, एक महिला गम्भीर घाइते

सेवालुङ खवर | मंसिर १० गते २०८२

ताप्लेजुङ /जिल्ला,पाथीभरा याङ्वरक–२ थेचम्बुमा आज २०८२ साल मंसिर ९ गते दिउँसो करिब १२ः३० बजे जंगली भालुको आक्रमणमा परी एक महिला घाइते भएकी छिन् । साबिक थेचम्बु तलेबारी बस्ने ३५ वर्षीया उर्मिला खरेल मेन्याङ्बो माथि जंगली भालुले अचानक आक्रमण गर्दा उनको दाहिने हात, खुट्टा र अनुहारमा गम्भीर चोट लागेको स्थानीयले बताएका छन् ।घाइते महिलाको उद्धारपछि प्रारम्भिक उपचारका लागि नजिकैको स्वास्थ्य संस्थानमा लगिएको छ ।घटनास्थलको अवस्थाबारे जानकारी गराउँदै डिभिजन वन कार्यालय, ताप्लेजुङले कर्मचारी तथा प्राविधिक टोली तत्कालै घटनास्थलमा खटाइएको जनाएको छ। वन क्षेत्र नजिक बसोबास गर्ने स्थानीयालाई सतर्क रहन समेत कार्यालयले अनुरोध गरेको छ ।स्थानीय बासिन्दा अनुसार हालैको समयमा जंगली जनावरको आवतजावत बढ्दै गएको र यसले जोखिम बढाएको भन्दै सम्बद्ध निकायले थप सुरक्षा र व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरेका छन्। साभार

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्