बारा । २०८२, मंसिर ४ गते बारा बिहिवार बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको आजको प्रदर्शन स्थगित भएको छ ।कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासनपछि आजको प्रदर्शन स्थगित गरिएको छ । प्रदर्शन स्थगित भएसँगै अवरुद्ध भएका सडक सुचारु भएका छन् । जेनजी युवाहरुले प्रशासनसँगको संवादपछि प्रदर्शन स्थगित गरिएको बताएका छन् । जेनजी युवाहरुले शुक्रवार प्रशासनसँग वार्ता गर्ने भएका छन् ।आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। झडपमा ६ जना प्रहरी र चार जना जेनजी घाइते भएका थिए । सो क्रममा प्रहरी हवाई फायरसमेत गरेको थियो । बुधवार एमाले नेता महासह्चिव शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न भन्दै जेनजी युवाहरुले सिमरा विमानस्थल बाहिर अवरोध गरेपछि दुइपक्षीय भिडन्त भएको थियो । त्यसपछि सिमरा अशान्त बनेको छ ।प्रशासनले आज दिउसो १ बजेदेखि राति ८ बजेसम्म कफ्र्यु लगाएको छ । साभार:- सेतोमसी मिडिया नेटवर्क प्रा. लि. देवदह–७, रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल
सिमरामा आजको प्रदर्शन स्थगित:शुक्रवार वार्ता हुने,








