समय : ०५:२१ pm | शुक्रबार , वैशाख ४ गते २०८३

१६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती हर्षउल्सका साथ मनाउदै,

सेवालुङ खवर | कार्तिक २८ गते २०८२

ताप्लेजुङ– ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाइएको छ। सदरमुकाम सहितका ठाउँमा महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती मङ्गलबार भव्यरूपमा मनाइएको हो।किराँतीको धार्मिक संस्था किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङ्लिङमा महागुरु लिङ्देनको जन्मजयन्ती मनाइएको हो। फुङ्लिङ बजारमा धार्मिक तथा शान्ति ¥यालीसहित विविध कार्यक्रम गरी लिङ्देनको जन्मजयन्ती मनाइएको किराँत धर्म तथा साहित्य उत्थान सङ्घका जिल्ला अध्यक्ष कर्ण पालुङ्वाले जानकारी दिनुभयो। अध्यक्ष पालुङ्वाका अनुसार केःलाङ (च्याब्रुङ नाच) लगायतका संस्कृति प्रदर्शनसहित भौलिक भेषभूषा र पहिरनका साथ बृहत् शान्ति तथा धार्मिक ¥यालीले फुङ्लिङ बजार परिक्रमा गरिएको छ। ¥यालीद्वारा बजार परिक्रमापछि बिहीबारे टोलमा रहेको किरात माङ्हिम (मन्दिर) परिसरमा लिङ्देनको जन्मजयन्ती विशेष औपचारिक कार्यक्रम गरिएको छ। किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको अभियान्ता मुक्साम लाबुङले जानकारी दिनुभयो। लाबुङका अनुसार कार्यक्रममा केःलाङ, याःलाङ (धान नाच), येवा लाङ (बिजुवा नाच) सहितका सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको छ। यस्तै कार्यक्रममा महागुरु तथा राष्ट्रिय विभूति लिङ्देनले समाज सुधार लगायतका कार्यमा पु¥याएको योगदानबारे वक्ताले चर्चा गर्नुभएको थियो। जयन्ती कार्यक्रममा फुङ्लिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठक लगायतको उपस्थिति रहेको थियो। यता महागुरु लिङ्देनको जन्मजयन्तीको अवसरमा सोमबारदेखि नै किराँत धर्मावलम्बीले बिहीबारे माङ्हिममा मौलिक संस्कृतिअन्तर्गत गाली सराप बहन्ती, माङसावा सेवा, पूजापाठ लगायतका गतिविधि गरेको किराँत धर्म तथा साहित्य उत्थान सङ्घले जनाएको छ। त्यस्तै फुङ्लिङ बजारको तोक्मेडाँडामा रहेको लिङ्देनको सालिकमा फूलमाया लगायतलेसजिसजावट गर्नुका साथै दीप प्रज्ज्वलनको कार्य गरिएकोसमेत सङ्घले जनाएको छ। यसैगरी सदरमुकामबाहेक जिल्लाका विभिन्न ठाउँमा रहेका किराँत माङहिम (मन्दिर) र महागुरु लिङ्देनको सालिक राखिएका ठाउँमा पनि जन्मजयन्ती विशेष कार्यक्रम तथा किराँत संस्कृतिका गतिविधिहरू गरिएको बताइएको छ। राष्ट्रिय विभूति तथा किराँत महागुरु लिङ्देनको जन्म वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ चुक्चिनाम्बा गाउँमा भएको थियो। किराँत, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका कार्यमा पु¥याएको योगदानको मूल्याङ्कन गरी सरकारले २०६६ मङ्सिरमा लिङ्देनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । रेडियो तमोर

तस्विर : साभार

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्