समय : ०४:४१ pm | बुधबार , भाद्र ३१ गते २०८३

राष्ट्रपति रामचन्द्र पौडेल जेन–जी आन्दोलनका अगुवाहरूसँग छलफलकै क्रममा अस्वस्थ,

सेवालुङ खवर | असाेज २५ गते २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जेन–जी आन्दोलनका अगुवाहरूसँग छलफलकै क्रममा अस्वस्थ भएपछि शनिबार बिहान अस्पताल भर्ना भएका छन्। बिहान शीतल निवासमा जेन–जीका २२ जना प्रतिनिधिहरूसँग भेटघाट चलिरहेकै बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो। अचानक टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराज गन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर (एमसीभीटीसी) पु¥याइएको हो। अस्पताल स्रोतका अनुसार, “राष्ट्रपति पौडेलको अवस्था अहिले स्थिर छ। थप परीक्षणका लागि अस्पतालमै भर्ना गरी चिकित्सकको निगरानीमा राखिएको छ।”राष्ट्रपतिसँगको छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन्। वार्तामा रक्षा बम, युजनराज भण्डारी, सुधन गुरुङ र मिराज ढुंगाना लगायतका जेन–जी अगुवा सहभागी थिए। शीतलनिवासभित्र छलफल भइरहँदा केही युवाहरूले आफूहरूलाई वार्ताबाट बाहिर राखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए। २३ र २४ भदौमा भएका जेन–जी आन्दोलनका घटनापछि सेनासँगको संवाद, राजनीतिक सहमति र आगामी कदमबारे छलफल चलिरहेको बेला राष्ट्रपतिलाई स्वास्थ्य समस्या देखिएपछि बैठक स्थगित गरिएको छ। चिकित्सकहरूको टोलीले राष्ट्रपतिलाई केही दिन आराम गर्न सिफारिस गरेको बताइएको छ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्