समय : ०४:३९ pm | बुधबार , भाद्र ३१ गते २०८३

तमोर कोरिडोर पाँच दिनपछि सञ्चालनमा,

सेवालुङ खवर | असाेज २३ गते २०८२

हिले, असोज २३ गते । तमोर कोरिडोर पाँच दिनपछि सञ्चालनमा आएको छ । कोरिडोरको धनकुटामा पर्ने छरुवा खोला तथा धनकुटा र पाँचथरको सिमानामा पर्ने नावासहित विभिन्न खोलामा निर्माण गरिएको डाइभर्सन बगाउनुका साथै केही स्थानमा पहिरो झरेर सडक अवरुद्ध भएको हो । वर्षा रोकिएसँगै सोमबारबाट धनकुटा र पाँचथर दुवै तर्फबाट सडक सञ्चालनको लागि अवरोध हटाउन सुरु गरिए पनि बुधवार साँझ मात्र पूरा भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । सडक बुधबारबाट सञ्चालनमा आए पनि बिहीबार बिहानबाट मात्र पूर्णरूपमा सवारी साधन चल्न थालेका थिए । सडक सञ्चालनमा आएसँगै कोरिडोर क्षेत्रका धनकुटा र तेह्रथुमवासीसहित पाँचथर र ताप्लेजुङ तथा उत्तरी इलामका बासिन्दालाई समेत सहज भएको छ । तमोर कोरिडोर तथा मेची राजमार्ग बाढीले अवरुद्ध बनाएपछि सो क्षेत्र तराईसँगको यातायात सम्पर्क टुटेको थियो । तमोर कोरिडोरका खोलामा पुल नबन्दा सडक पटक पटक अवरुद्ध हुने गरेको धनकुटा चौबिसेका स्थानीय महेन्द्र न्यौपानेले बताउनुभयो । अलिकति ठुलो पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने समस्या हुने गरेको उहाँको भनाइ छ । तमोर कोरिडोर धनकुटा पाँचथर ताप्लेजुङ र तेह्रथुम जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । यो सडक हुँदै दैनिक दुई सयभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेका छन् । समाचार स्रोत गोरखापत्र अनलाइन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्