समय : ०३:५५ pm | बुधबार , भाद्र ३१ गते २०८३

ताप्लेजुङमा जिप दुर्घटना : एकको मृत्यु, छजना घाइते

सेवालुङ खवर | असाेज २२ गते २०८२

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपको थुङ्रुम्बामा मङ्गलबार साँझ भएको जिप दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका प्र १–०१–००१ ज ३४७० नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनको वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार ढङ्ढङगे झरनाको भ्रमण गरी आङ्खोपतर्फ फर्कँदै गरेको उक्त जिप साँझ करिव ६ः३० बजेतिर दुर्घटनामा परेको हो । सो दुर्घटनामा परी झापाको बुद्धशान्ति गाउँपालिका निवासी लोकबहादुर कुँवरको मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । मृतक कुँवर आङ्खोपमा आफन्तकहाँ पाहुना आउनुभएको थियो । वडाध्यक्ष लिम्बूका अनुसार झापाकै शनिश्चरे निवासी प्रकाश चौहान गम्भीर घाइते हुनुभएको र चौहानलाई सिदिङ्वाबाट सुविधा सम्पन्न अस्पतालतर्फ सिफारिस गरिएसँगै यहाँबाट उपचारमा पठाइएको छ ।अन्य घाइते हुनेमा आङ्खोप निवासी जिपका चालक प्रकाश चौहान, चौहानकी श्रीमती र दुईजना बालबच्चा रहेका छन् । सामान्य घाइते भएका उनीहरुको साब्लाखु स्वास्थ्यचौकीमा उपचार भइरहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । साब्लाखु प्रहरी चौकीका अनुसार जिपमा चालकसहित सातजना यात्रु सवार रहेका थिए ।जिप सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटनामा परेको हो । ढङ्ढङगे झरना सोही गाउँपालिका वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानमा रहेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको झरनाको पारिवारिक भ्रमण गएर फर्कने क्रममा जिप दुर्घटना भएको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो ।चन्द्र पन्दाक

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्