ताप्लेजुङ/ ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ बाट धरान जाँदै गरेको मे. १ ज. ३०५५ नम्बरको बोलेरो गाडी पाँचथर कुम्मायक गाउँपालिका–३ कातिके सडक खण्डमा शनिबार दिउँसो बोलेरो दुर्घटनामा परी ज्यान गुमाउने हरुको ६ जनाको शव आ–आप्नो घर लानका लागी यातायात खर्च मेरिङदेन गाउँपालिकाले व्योहर्ने भएको छ । मेरिङदेन गाउँपालिकाका ४ सहित बोलेरो दुर्घटनामा परी ज्यान गुमाउने हरुको ६ जनाको संख्या पुगेको हो । मेरिङदेन गाउँपालिकाका अध्यक्ष यूकविर हाङगामका अनुसार घटनामा परी निधन भएका सदस्यको आत्माले चिरशान्तिको लागी कामना गर्दै सोकाकुल परिवार जन्यहरुको धैर्य गर्ने शक्त्तीका लागी समेत प्रथानना गर्नुका साथै,उक्त घटना पछी पुरै पालिका समेत सोकमा रहेको अध्यक्ष हाङगामले बताउनु भयो ।त्यतै मृत्यूहुने हरूमा मेरिङ्देन गाउँपालिका– ५ की २८ वर्षीया मनिषा कार्की, सोही वडाका २५ वर्षीय धनकुमार लिम्बू र ३२ वर्षीय अभिषेक लिम्बू, गाउँपालिका–४ की २१ वर्षीया गीता हाङगाम, वडा नं. २ का ३३ वर्षीय बिनोद लुङवा र सिदिङवा गाउँपालिका–१ की २९ वर्षीया युना तामाङ छन् । त्यस्तै,गरी दुर्घटनामा परी घाइते हुनेमा मेरिङ्देन गाउँपालिका–५ का २२ वर्षीय महेश लिम्बू, मिक्वा खोला गाउँपालिका–४ की २५ वर्षीया मनु साँवा लिम्बू, सिदिङवा गाउँपालिका कालिखोलाका ७ वर्षीय अनिश लिम्बू, सुनसरी इटहरी – ७ का ३५ वर्षीय महेश गुरागाई, मेरिङ्देन–५ का २५ वर्षीय बिमल लिम्बू र मिक्वाखोला–४ का २९ वर्षीय सञ्जुहाङ लिम्बू रहेका छन्। घाइतेमध्ये पाँच जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाक्याम्प अस्पतालमा भइरहेको छ भने एक जनाको उपचार फिदिम अस्पतालमा उपचार भईरहेको छ ।










