धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खसेको छ । पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा परेको छ । प्रत्यक्षदर्शीका अनुसार, कार्तिके नजिक आज बिहान एक गाडी खसेको छ ।स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन् ।दुर्घटना स्थल नदी नजिक भएकाले जोखिम उच्च रहेको प्रत्यक्षदर्शी सागर ढकालले बताए ।‘हामी यहीँ छौँ । भर्खर त्यो घटनास्थलमै उद्धारको लागि पुग्ने प्रयास गरिरहेका छौँ । सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरू छिटो भन्दा छिटो पठाइदिनुस न है,’ ढकालले भने ।प्रत्यक्षदर्शीका अनुसार, दुर्घटनामा ठूलो संखयामा मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै अहिले टोली परिचालन भएको जानकारी दिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


तस्विर साभार समाजिक संजाल बाट,








