समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प,

सेवालुङ खवर | असाेज १ गते २०८२

ताप्लेजुङ –ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब दुई महिनादेखि हवाई उडान ठप्प भएको छ । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकुल भएकाले हवाई उडान प्रभावित हुँदै आईरहेको छ । हालसम्ममा करिब ७ ओटा उडान प्रभावित भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले बताउनुभयो ।उहाँका अनुसार हाल साताको शुक्रबार उडान तालिका रहेपनि मौसमका कारण उडान सफल हुन सकिरहेको छैन । काठमाडौँबाट ताप्लेजुङका लागि जहाजले उडान भरेपनि मौसमका कारण अवतरण हुन सक्ने सम्भावना नभएपछि बीचबाटै फर्काइएको इन्चार्ज कार्कीको भनाई छ । दुई महिनाको अवधिमा तीन पटक जहाज बीचबाटै पुनः काठमाडौँ नै फर्किएको बताइएको छ । काठमाडौँबाट उडान हुनुपूर्व मौसम सफा नै हुने तर आईपूग्ने समयमा मौसम प्रभावित हुने भएकाले बीचबाटै जहाज फर्काउन बाध्य भएको स्टेसनले जनाएको छ । आगामी तालिका शुक्रबारका लागि रहेको छ । गोरखापत्र अनलाइन

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्