समय : ०१:१७ pm | बुधबार , भाद्र ३१ गते २०८३

फुङ्लिङ नगरपालिका कार्यालय तोडफोड र आगजनीबाट कागजातसहित भौतिक संरचनामा क्षति ,

सेवालुङ खवर | भाद्र २६ गते २०८२

ताप्लेजुङ, भदौ २५ गते । ताप्लेजुङमा जेनजी पुस्ता (समूह) ले गरेको तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकाको महत्त्वपूर्ण कागजातसहित भौतिक संरचनामा क्षति पुगेको छ । मङ्गलबार राति करिब साढे ९ बजेतिर सो समूहले गरेको तोडफोड र आगजनीबाट नगरपालिका कार्यालयभित्र रहेको कागजात, फर्निचरसहितका सामग्री र भौतिक संरचनामा नराम्ररी क्षति पुगेको हो ।नगरपालिका स्रोतका अनुसार कार्यालय भवनको सिसाहरू तोडफोडबाट ध्वस्त बनाइएको छ । यस्तै नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कक्षसहित विभिन्न फाँट तथा शाखामा तोडफोड र आगजनी गरिएको छ । तोडफोड र आगजनीबाट विभिन्न फाँटमा रहेका महत्त्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरसहितका उपकरण, फर्निचर लगायतका सामग्री नष्ट गरिएको छ ।प्रत्येक कक्ष, फाँट र शाखाहरू रहेका कोठाका झ्याल, ढोका लगायतका भौतिक संरचना जेनजी समूहले ध्वस्त बनाएका छन्। त्यस्तै नगरपालिकाको दुई वटा वारुणयन्त्र (दमकल), एउटा टिप्पर र एउटा जेसिभी उपकरणमा पनि सो समूहले तोडफोड गरी क्षति पुर्‍याएका छन् । यसैगरी, जेनजी पुस्ताकै नाममा मङ्गलबार राति नै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीको जिलला कार्यालयसमेत तोडफोड गरिएको छ । उक्त समूहले पार्टी कार्यालयहरूमा प्रवेश गरी टेबल, कुर्सी, दराज लगायतका फर्निचर सामग्री नष्ट गरेका छन् । कार्यालयमा रहेको महत्त्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरसहितका सामग्रीसमेत सो समूहले तोडफोड गरी नष्ट गरेका सम्बन्धित पार्टीले जनाएका छन् ।त्यस्तै जेनजी समूहकै नाममा मङ्गलबार रातकै समयमा फक्ताङ्लुङ गाउँपालिकास्थित निर्माणाधीन माथिल्लो तमोर जलविद्युत् आयोजनाको दुई वटा टिप्पर र भण्डारण कोठा (स्टोर रुम) मा आगजनी गरी क्षति गरिएको बताइएको छ । जेनजी समूहको नाममा मङ्गलबार दिउँसो भने सदरमुकाम फुङ्लिङमा शान्तिपूर्ण रूपमा नाराबाजी र प्रदर्शन गरिएको थियो। चन्द्र पन्दाक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्