समय : १२:४४ pm | बुधबार , भाद्र ३१ गते २०८३

ताप्लेजुङका पत्रकारहरुद्धारा बिहीबार जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना

सेवालुङ खवर | भाद्र १२ गते २०८२

ताप्लेजुङ,भदौ १२ । कोशी प्रदेश आम सञ्चार बिधयेकमा रहेका प्रेस स्वतन्त्रता बिरोधी प्रावधान हटाउनुपर्ने माग गर्दै ताप्लेजुङका पत्रकारले बिहीबार जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्नादिएका छन् ।जिल्ला प्रशासन कार्यालयमार्फत ताप्लेजुङका पत्रकारको सन्देश कोशी प्रदेश सरकारसम्म पुगोस्भन्ने हेतुले धर्ना दिईएको नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले बताउनुभयो ।धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्यले बिधयेकका बारेमाअहिलेसम्म कोशी प्रदेशका पत्रकारले राख्दै आएका सुझाव, गुनासा र आन्दोलनसम्मको अवस्थाकोज्ञान लिएर प्रदेश सरकारले आम सञ्चार बिधयेकमा रहेका प्रेस स्वतन्त्रता बिरोधी प्रावधान सच्याउनेविश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकार पत्रकारका गुनासाको सम्बोधन नगरी अघि बढ्न प्रयत्न गरेअधिकार सुरक्षाका लागि पत्रकारले थप सशक्त भएर आन्दोलन गर्नुको विकल्प नहुने आचार्यको भनाई थियो ।धर्ना कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा, पूर्व जिल्ला अध्यक्षद्धय खगेन्द्र अधिकारी र केशव प्रसाद भट्टराई सहित शाखाका पदाधिकारी, सदस्य र बिभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारको सहभागिता रहेको थियो । आन्दोलन अन्तरगत बुधवार ताप्लेजुङका पत्रकारले यहाँबाट कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यत्रय खगेनसिं हाङगाम, तिलक मेन्याङ्वो र निर्मला तावालाई कोशी प्रदेश आम सञ्चार बिधयेकमा रहेका प्रेस स्वतन्त्रता बिरोधी प्रावधान हटाउन भूमिका खेल्नुपर्ने र सदनबाट बिद्यमान बिधयेक जस्तातस्तै पारित गर्न दिन नहुने मोवाइल सन्देश पठाएका थिए । उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्