समय : १०:३१ am | मङ्गलबार , भाद्र ३० गते २०८३

धरानमा मेयर साम्पाङद्वारा लिपुलेक फिर्ताको माग गर्दै पैदल यात्रा ,

सेवालुङ खवर | भाद्र ९ गते २०८२

सोमबार भदौ २०८२ धरानमा मेयर साम्पाङद्वारा लिपुलेक फिर्ताको माग गर्दै पैदल यात्रा धरान : लिपुलेक क्षेत्रमा नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डताको रक्षा गर्न धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आज पैदल विरोध प्रदर्शन गरेका छन्।धरान-१८ बाट सुरु भएको यो पैदल यात्रा भेडेटारसम्म करिब १२–१७ किलोमिटर लामो थियो। मेयर साम्पाङले राष्ट्रिय झण्डा बोकेर नेपाली पोशाकमा सजिएर छातीमा “सिमाना मिच्न पाइँदैन, छिमेकीलाई हेप्न पाइँदैन” लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए।पैदल यात्राको क्रममा उनले सीमा मिचिएको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई कूटनीतिक दबाब सिर्जना गर्न आग्रह गरेका छन्। उनले भने, “यो हाम्रो भूमि हो, लिपुलेक हामी फिर्ता लिन्छौं। जनताको दबाबबाटै राष्ट्रिय हित सुरक्षित गर्न सकिन्छ।”साम्पाङको शान्तिपूर्ण तर सशक्त विरोधलाई सामाजिक सञ्जालमा देशभरबाट व्यापक समर्थन मिलिरहेको छ। युवादेखि वृद्धासम्मले उनका कदमलाई सराहना गर्दै राष्ट्रिय हितप्रति नागरिक सचेतताको संकेत दिएको बताएका छन्।धरानदेखि भेडेटारसम्मको यात्रा सम्पन्न गरेर मेयर साम्पाङले आम नागरिकको सीमा सुरक्षा प्रति गम्भीर चासोको संकेत दिएका छन्। प्रदेश खबर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्