पाँचथर। जडान भईरहेको नेपालमै लामो ७० मीटरको मोडुलर ब्रिज मेची राजमार्गको पाँचथरको हेवाखोलामा वारपार भएको छ । जेठ–३१ गते अन्तीम चरणमा पुगेको ब्रिज भाँचिएपछि पुनः जडान थालिएको थियो ।भारतीय प्राविधिक, कमदारले ब्रिजलाई फिदिम नगरपालिबाट हिलिहाङ गाउँपालिका टेकाएका थिए ।यहि ब्रिज भाँचिदा तीन जना मजदुरको मृत्यु भएको थियो भने तीन जना घाईते भएका थिए ।आईतवार साझ ब्रिज वारपार भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए । केही दिनमा बाँकि काम सकेर पुल सञ्चालनमा आउने भटराईले बताए । नेपाली प्राविधिकले काम अन्तीम चरणमा पुर्याउदा ब्रिज भाँचिएको थियो । भारतबाट लङचिङ किड्स, प्राविधिक टोलि झिकाएर ब्रिज जडान गरीएको हो । भारतसरकारले उपलब्ध गराएको ब्रिज नेपाल सरकारले जडान गरेको हो । यस अघि ब्रिज जडानका लागि ३ करोड ५० लाखमा ठेक्का लगाइएको थियो । २०८० असार–२ गते हेवामा पुल बाढीले बगाएको थियो । लगत्तै बनाइएको ५० मिटर लामो बेलिब्रिज २०८१ असोज–१२ गते बाढीले बगाएपछि ७० मीटर लामो मोडुलर ब्रिज जडान गर्ने काम अघि बढाइएको थियो । केन्जो खबर
मेची राजमार्ग पाँचथरको हेवा खोलामा वारपार भयो मोडुलर ब्रिज ,








